default_image

3 years ago

October 27, 2021

घाइते हालान्ड यो वर्ष मैदानबाहिर रहने

136 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लिङ हालान्ड चोटका कारण अर्को वर्षसम्म मैदानबाहिर रहने भएका छन् ।

कम्मर मुनि चोटका कारण मैदानबाहिर रहेका उनको चोट सोचेभन्दा खराब रहेको बुझिएको छ । आयाक्सविरुद्ध च्याम्पियन्स लिगको खेलमा चोट बोकेपछि उनले लिग अन्तर्गत अर्मिनियाविरुद्ध खेलमा विश्राम लिएका थिए । विस्तृत परिक्षणबाट उनको चोट निकै खराब रहेको पत्ता लागेको छ ।

प्रशिक्षक मार्को रोजले यसअघि नै हालान्ड केहि साताका लागि बाहिर रहने बताएका थिए । तर उनको मांसपेशीमा थप समस्या देखिएपछि अझ लामो समय बाहिर रहने पक्का भएको हो । डर्टमुन्डका लागि उच्च प्रदर्शन गर्दै आएका उनी लिगको सर्वाधिक गोलकर्ता सुचिमा दोस्रो स्थानमा छन् ।

हालान्डको चोटसँगै डर्टमुन्डको आक्रमणमा अब समस्या परेको छ । उनको स्थान लिन प्राकृतिक फरवार्ड नहुँदा अन्य खेलाडीमा भर पर्नुपर्ने अवस्था छ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.