8 years ago
November 14, 2016
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पहिलो पटक एतिहासिक सफलताको नजिक पुगेको छ । मंगलबार साँझ नेपाली समय अनुसार ५ः१५ मा सुरु हुने फाइनल जित्न सके नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जित्नेछ ।
दक्षिण एसियाली स्तरका यू १६, यू १९, यू २३ हुँदै राष्ट्रिय टोलीमा समेत च्याम्पियन बनिसकेको नेपाल पहिलो पटक एसियाली स्तरको फाइनल खेल्दैछ । नेपालले फाइनलमा मकाउको सामना गर्दै छ । मकाउ त्यहि टोली हो जसलाई नेपालले सन् २००८ मा एएफसी च्यालेन्ज कप छनोट समूह चरणमा हराएको थियो । अब फेरी नेपाल सामू मकाउलाई हराउँदै नेपाली फुटबललाई एसियाली स्तरमा चिनाउने अवसर छ । समूह चरणका दुई र सेमिफाइनल जित्दै अघि बढेको एतिहासिक उपाधिको एक कदममात्र टाढा छ ।
November 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आयोजक ताजिकिस्तानसँग आज भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ४-० पराजित भएको छ। पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा १ गोलको सामना गरेको थियो। थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। नेपाली राष्ट्रिय फुटबल टोली गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की […]
November 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक ताजिकिस्तानबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। नेपाली टोली भारत हुँदै ताजिकिस्तान पुगेको थियो । थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको […]
November 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – रोयल गोर्खा एफसीले पाँचौं सहदेव स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । युएई नेप्लिज फुटबल एसोसिएसन (युएनएफए) को आयोजनामा नेपाली समुदायबीच भएको प्रतियोगिताको फाइनलमा गोर्खा के नाइन एफसीलाई १–० ले हराउँदै रोयल गोर्खाले उपाधि जितेको हो । नविन विकेको निर्णायक गोलमा रोयल गोर्खा विजयी भएको थियो । अनिष श्रेष्ठ प्रतियोगिताको […]