3 years ago
October 23, 2021
एजेन्सी – आइतबार हुने यो सिजनको पहिलो ‘एल क्लासिको’ १५ वर्षपछि लियोनेल मेस्सी र सर्जियो रामोसविना नै हुदैछ ।बार्सिलोनाका मेस्सी र रियल म्याड्रिडका रामोसले फ्रान्सेली क्लब पीएसजीमा ड्रेसिङ रुम शेयर गरिरहेका छन् ।
यसले एल क्लासिकोमा नयाँ पुस्ताका लागि ढोका खोलिदिएको छ । स्टार र चर्चित खेलाडीको बर्हिगमनले समर्थकहरु निराश छन् । यद्दपि हालको टोलीबाट बार्सिलोनाका सर्जियो बुस्क्वेट्स (४०) सबैभन्दा बढी क्लासिको खेल्ने खेलाडीको रुपमा रहेका छन् । उनीभन्दा पछि जेरार्ड पिके (३७) र करिम बेन्जेमा (३६) रहेका छन् । बेन्जेमा १० गोलसहित सर्वाधिक गोलकर्ता छन् ।
रियलभन्दा बार्सिलोना युवा टोली
दुई टोलीबीच तुलना गर्दा बार्सिलोना रियलभन्दा युवा टोली रहेको छ । रियलको टोली औसतमा २८ वर्ष २० दिनको टोली रहँदा बार्सिलोना २६ वर्ष १७४ दिनको औसतको टोली हुनेछन् । ओप्डाको तथ्यांकअनुसार क्लासिकोमा यो बार्सिलोनाको तेस्रो कान्छो टोली तथा रियलको पाँचौ सिनियर टोली बन्नेछ । बार्सिलोनाको टोलीमा ८ खेलाडी तथा रियलमा ६ खेलाडी सन् २००० पछि जन्मिएका छन् ।
क्लासिकोमा रियल नै युवा टोली
एल क्लासिकोमा रियल म्याड्रिडको नाममा औसतमा सबैभन्दा कम उमेरको टोलीको कीर्तिमान छ । सन् २००५–६ को सिजनपछि सन् २०१० मा म्यानुयल पेलिग्रेनीको नेतृत्वमा रियलको टोली औसतमा २५ वर्ष ७२ दिनको बनेको थियो । यद्दपि यो क्लासिकोमा बार्सिलोनाको यो टोलीमा सबैभन्दा कम उमेरका ५ युवा खेलाडी रहेका छन् । अन्सु फाती, ब्रोजन क्रिक र गाभीले सिनियर टोलीबाट खेलिसकेका छन् ।
कान्छा गोलकर्ता
अन्सु फाती एल क्लासिकोमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । उनले गत अक्टोवरमा १७ वर्ष ३५९ दिनको उमेरमा क्लासिकोमा गोल गरेका थिए । उक्त खेलमा बार्सिलोनाले ३–१ को हार बेहोरेको थियो । रियल म्याड्रिडका भिनिसियस जुनियरले १९ वर्ष २३३ दिनमा गोल गरेका छन् । लियोनेल मेस्सीले सन् २००७ मा कम उमेरमै क्लासिकोमा ३ गोल गरिसकेका छन् ।
भेट्रान खेलाडी को ?
एक पटकको बालोन डि ओर विजेता रियल म्याड्रिडका ३६ वर्षीय मिडफिल्डर लुका मोड्रिच यो सिजनको एल क्लासिको खेल्ने भेट्रान खेलाडी हुनेछन् । रियल म्याड्रिडका ३३ वर्षीय करिम बेन्जेमा र मार्सेलो पनि अर्का भेट्रान सदस्य हुन् । उच्च लयमा रहेको बेन्जेमा यो सिजनको बालोन डि ओरको दावेदारको रुपमा रहेको छ ।
भविष्य युवा पुस्तामा
अबको एल क्लासिको युवा पुस्तामा हस्तान्तरण भइसकेको छ । मुख्य गरी बार्सिलोनाका अन्सु फाती र रियलका भिनिसियस जुनियर क्लासिकोको केन्द्रमा रहनेछन् । दुवै टोलीले क्लासिकोमा गोल गरिसकेका छन् । उनीहरुकै प्रदर्शनमा जित हारको नतिजा निस्कन सक्नेछ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]