8 years ago
November 14, 2016
सिड्नी (हाम्रो खेलकुद)- अष्ट्रेलियाको सिड्नीमा यही आउदो नोवेम्बर १९ र २० तरिकमा जि फाईभ एमएफसि कप हुने भएको छ । प्रतियोगितामा फ्री उमेर समुहमा १६ टिमले र ३५भन्दा बढी उमेर समुहका ८ टिमहरुले सहभागिता जनाउने छन । प्रतियोगिताको आयोजना माछापुच्रे एफसिले गर्न लागेको हो ।
नाईन अ साईड पद्दतिको प्रतियोगिताको धन राशी फ्री उमेर अन्तर्गत २००० डलर रहेको छ भने ३५ बर्ष भन्दा बढीकोमा ४०० डलर रहेको छ । प्रतियोगिताको दर्ता शुल्क बापत फ्री उमेर समुहलाई ४०० र ३५भन्दा बढीलाई २५० तोकिएको छ । प्रतियोगिता आयोजना कमिटीका सदश्य सुनिल पराजुलीले प्रतियोगिताको दौरान समाजिक सदभाव कायम गर्नको लागि रोमान्चक गतिबिधीपनी संचालन हुने जनकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्नेछन भने समापन नेपालका राजदुत राजेन्द्र पाण्डेले गर्ने छन ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]