3 years ago
October 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बागमती, कन्काई र कालिका नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको पहिलो खेलमा राष्ट्रिय खेलाडीले भरिएको बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९–० को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बागमतीको फराकिलो जितमा राष्ट्रिय टोलीकी सदस्य रश्मी कुमारी घिसिङले ५ गोल गरिन् । राष्ट्रिय टोलीकी कप्तान रेनुका नगरकोटीले २ तथा सदिमा ब्लोन र अनु राईले समान एक गोल गरिन् ।
यस्तै अर्काे खेलमा कन्काई नगरपालिकाले गोदावरी नगरपालिकालाई १२–० को भारी अन्तरले पराजित गरेको छ । कन्काईको जितमा कुसुम खतिवडाले दोहोरो ह्याट्रिक पुरा गरिन् । कप्तान लक्ष्मी श्रेष्ठले ४ तथा मनिका तुमरुक र इमा राईले समान एक गोल गरिन् ।
यस्तै अर्काे खेलमा कालिका नगरपालिकाले कागेश्वरी नगरपालिकालाई १०–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । कालिकाको जितमा अनुष्का शेर्पाले ह्याट्रिकसहित ४ गोल गरिन् । सम्झना तामाङ र सबिता राना मगरले समान दुई तथा सुनकला राई र प्रिती राईले समान एक गोल गरिन् ।
छनोटमा मा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
दोस्रो हुने टोलीले ३ लाख तथा फेयर प्ले टिमले ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०-२० हजार पाउने छन् ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]