3 years ago
October 21, 2021
एजन्सी – च्याम्पियन्स लिगको समूह चरणमा लगातार दुई हार बेहोरिसकेको बार्सिलोनाका लागि बुधबारको रात भने सुखद रह्यो । बार्सिलोनाले पहिलो जित दर्ता गर्ने क्रममा डिनोमो किभलाई १–० ले हराएको छ । नकआउट चरण पुग्ने सम्भावनाका लागि बार्सिलोनालाई जितको आवश्यकता थियो ।
जेरार्ड पिकेले गरेको गोलमा बार्सिलोना विजयी बन्न सफल रह्यो । ३६ औं मिनेटमा पिकेले गोल गरेका थिए । जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भएका थिए ।
सोही अग्रतालाई जोगाउँदै बार्सिलोना च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गराउन सफल रह्यो । च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो पटक सुरुवाती दुई खेलमा गुमएको थियो । यसअघि बार्सिलोना र बेनफिका दुवैसँग बार्सिलोना समान ३–० पराजित भएको थियो ।
यसपटकको च्याम्पियन्स लिगमा बार्सिलोनाले २ सय ८७ औं मिनेटमा पुगेर गोल गरेको थियो । जितपछि रोनाल्डो कोम्यानको टोली समूह इमा ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको बायर्नको ६ अंक र बेनफिकाको ४ अंक छ ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]