3 years ago
October 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपमा नेपाल र भारतको सफलताको तुलना गर्दा आकाश जमिनको फरक छ भन्दा फरक पर्दैन । २८ वर्षे लामो इतिहास भएको साफ च्याम्पिनसिपमा भारत सर्वाधिक सफल टोली हो । अघिल्ला १२ संस्करणमा भारतले ७ पटक उपाधि जितेको छ । त्यसको विपरित नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । यसपटक भने नेपाल टोली फाइनल पुग्न सफल भएको छ ।
भारतबाहेक माल्दिभ्सले २ पटक, बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १ पटक जितेका थिए । अफगानिस्तान सन् २०१५ पछि साफ च्याम्पियनसिपबाट बाहिरिसकेको छ । नेपालसँगै पाकिस्तान र भुटानले मात्र अहिले सम्म साफ च्याम्पियनसिप जितेको छैन । साफ च्याम्पियनसिपमा कमजोर इतिहास भएको नेपाल र सर्वाधिक सफल भारतबीच माल्दिभ्समा जारी १३ औं संस्करणको फाइनलमा भिड्दैछन् ।
साफमा यो यि दुई टोलीबीचको आठौं भेट हुँदैछ । भारतविरुद्ध साफ च्याम्पियनसिपमा होस् वा समग्रमा नेपालको इतिहास कमजोर रहेको छ ।
साफ च्याम्पियनसिपमा यसअघि ७ पटकको भेटमा नेपाल ६ पटक पराजित भएको थियो भने एक खेलमा जितेको थियो । २०१३ मा स्वदेशमा भएको साफ च्याम्पियनसिपमा भने नेपालले २–१ ले हराएको थियो । निर्धारित ९० मिनेटको खेलमा नेपालले भारतमाथि त्यो पहिलो जित थियो । नेपाल र भारतबीच पहिलो खेल भएको २८ वर्षपछि नेपालले भारतविरुद्ध निर्धारित ९० मिनेटको खेलमा जित निकालेको थियो ।
१९८५ मा नेपालमा आयोजना भएको तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साग) र हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करणमा नेपाल र भारतबीच पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो । त्यो खेल गोलरहित बराबरी खेलेको थियो । छैटौं सागमा भारतलाई हराएर नेपालले स्वर्ण पदक विजेता बनेको थियो । २–२ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४–३ ले भारतलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो ।
साफ च्याम्पियनसिपमा भारतविरुद्ध ४ खेलाडीले गोल गरेको थिए। २००५ मा भारतसँग २–१ को हारमा वसन्त थापाले गोल गरेका थिए । घरलु मैदानमा भारतलाई २–१ ले हराउँदा नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए । त्यस्तै २०१५ मा ४–१ को हारमा नेपालका लागि विमल घर्तिमगरले गोल गरेका थिए ।
साफ च्याम्पिनसिपमा सधैको दाबेदार भारतको यसपटकको सुरुवात भने कमजोर रहेको छ । नेपालले भने अहिले सम्मकै राम्रो सुरुवात गरेको थियो । साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक सुरुवाती दुई खेल जितेको थियो । भारतले भने सुरुवाती दुई खेलमा बराबरीमा चित्त बुझाउनु परेको थियो ।
नेपालले आयोजक माल्दिभ्सलाई १–० ले र श्रीलंकालाई ३–२ ले हराएको थियो । भारत भने पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरी र दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । राउन्ड रोविन लिगमा भएको यसपटकको च्याम्पिनयसिपमा असोज २४ गतेको भेटमा नेपाललाई १–० ले हराउँदै भारत च्याम्पियनसिपमा फर्केको थियो । अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ ले हराउँदै भारत शीर्षस्थानमा रहेर फाइनल पुगेको थियो ।
अर्कोतर्फ भारतसँग पराजित भएपछि दबाबमा परेको नेपाली टोलीले बंगलादेशसँग अन्तिम समयमा १–१ को बराबरी गर्दै दोस्रो स्थानमा रहेर अन्तिम दुईको यात्रा तय गरेको थियो । साफ च्याम्पियनसिपमा मात्र होइन, साग, अन्य प्रतियोगिता वा मैत्रीपूर्ण खेलमा पनि भारतविरुद्ध नेपाल कमजोर रहँदै आएको छ ।
यसअघिका २१ भेटमा नेपालले पेनाल्टी सुटआउटसहित २ खेलमा जित हासिल गर्दा ४ मा बराबरी खेलेको छ । १५ खेलमा भने नेपाल पराजित भएको थियो । नेपालले यसपटक फाइनलमा भारतलाई हराउन सके २८ वर्ष अघिकै स्मरण हुनेछ । त्यसयता टोली पहिलो पटक क्षेत्रिय च्याम्पियनको हैसियतामा स्वदेश फर्कनेछ ।
साफ च्याम्पियनसिपमा नेपाल र भारत
२१ जुलाई १९९३, पाकिस्तान
नेपाल ० भारत १
८ डिसेम्बर २००५, पाकिस्तान
नेपाल १ भारत २
३ जुन २००८, माल्दिभ्स
नेपाल ० भारत ४
७ डिसेम्वर २००९, बंगलादेश
नेपाल ०– भारत १
५ सेप्टेम्बर २०१३, नेपाल
नेपाल २ – भारत १
२७ डिसेम्वर २०१५, भारत
नेपाल १ – भारत ४
१० अक्टुबर २०२१, माल्दिभ्स
नेपाल ०– भारत १
भारत र नेपाल हेड टु हेड
१. २० डिसेम्वर १९८५ साफ गेम्स (०–०)
२. २१ डिसेम्वर १९८५ साफ गेम्स (२–०)
३. ३० नोभेम्वर १९८७ साफ गेम्स (१–०)
४. २६ अक्टोवर १९८९ साफ गेम्स (२–१)
५. २१ जुलाई १९९३ साफ (१–०)
६. १८ डिसेम्वर १९९३ साफ गेम्स (२–२) पेनाल्टी नेपाल विजयी
७. ५ डिसेम्वर १९९८ एसियन गेम्स (०–१)
८. ३० सेप्टेम्वर १९९ साफ (०–४)
९. ८ डिसेम्वर २००५ साफ (२–१)
१०. ३ जुन २००८ साफ (४–०)
११. ७ डिसेम्वर २००९ साफ (१–०)
१२. २८ अगस्ट २०१२ मैत्रीपुर्ण (०–०)
१३. ५ सेप्टेम्वर २०१३ (२–१) साफ (नेपाल विजयी)
१४. १९ नोेभेम्वर २०१३ मैत्रीपुर्ण (२–०)
१५. १२ मार्च २०१५ फिफा विश्वकप (२–०)
१६. १७ मार्च २०१५ फिफा विश्वक (०–०)
१७. २७ डिसेम्वर २०१५ साफ (४–१)
१८. ६ जुन २०१७ मैत्रीपुर्ण (२–०)
१९. २ सेप्टेम्वर २०२१ मैत्रीपुर्ण (१–१)
२०. ५ सेप्टेम्वर २०२१ मैत्रीपूर्ण (२–१)
२१. १० अक्टुबर २०२१ साफ (१–०)
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]