default_image

3 years ago

October 14, 2021

सफल अलमुताइरी : नेपाललाई साफ खेलाउने १२औं प्रशिक्षक

225 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

साफ च्याम्पिनयसिप दक्षिण एसियाली राष्ट्रका सिनियर टोलीले खेल्ने एक मात्र प्रतियोगिता हो । त्यसअर्थ दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने प्रतियोगिता पुरुषतर्फको सबैभन्दा ठूलो प्रतियोगिता हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपलाई महत्वका साथ हेर्ने गरेको छ ।

सन् १९९३ मा सुरु भएको साफ च्याम्पियनसिपको १३ औं संस्करणमा आइपुग्दा सबै संस्करणमा भाग लिने तीन टोलीमध्ये नेपाल एक भएबाट पनि यसलाई दिएको महत्व बुझ्न सकिन्छ । तर दुर्भाग्य नेपाली टोलीले यसअघि उपाधि जित्न नसकेको होइन फाइनल पनि पुग्न सकेको थिएन । यसपटक टोलीले फाइनलको यात्रा तय गर्दै इतिहास रचेको छ ।

साफ च्याम्पियनसिपको १३ औं संस्करण सम्म आइपुग्दा नेपाली टोलीलाई १२ प्रशिक्षकले सम्हालेका छन् । त्यसमध्ये सबैभन्दा सफल भने अहिलेका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बनेका छन् । उपाधि जितेको अवस्थामा उनको नाम नेपाली फुटबलले लामो समयसम्म स्मरण गर्नेछ । नेपाली टोलीलाई फाइनल पुर्याउने उनी पहिलो प्रशिक्षक बनेका छन् ।

चैतमा नेपाली टोली सम्हाल्नेयता नै उनले आफ्नो पहिलो प्राथमिकता टोलीलाई साफ च्याम्पियन बनाउने भन्ने थियो । उनी त्यसबाट अब एकदम मात्र टाढा छन् । टोली सम्हालेको केहि महिनापछि विवादमा परेका अलमुताइरीले टोली फाइनल पुगेलगत्तै पदत्यागको घोषणा गरिसकेका छन् । पद त्याग्ने घोषणामा उनी केहि भावुक पनि देखिए ।

यसअघिका १२ संस्करणमा ११ प्रशिक्षकले टोलीको नेतृत्व गरेका थिए । त्यसमध्ये एक मात्र प्रशिक्षक महेश्वर मुल्मीले २ संस्करण टोलीको कमान सम्हाले भने बाँकी सबैले एक पटक टोलीको नेतृत्वको अवसर पाएका थिए । मुल्मीसहित धनबहादुर बस्नेत, कृष्ण थापा र बालगोपाल महर्जन साफ च्याम्पिनयसिपमा टोली सम्हाल्न पाउने नेपाली प्रशिक्षक हुन् । अन्य ८ संस्करणमा विदेशी प्रशिक्षकले टोलीलाई प्रशिक्षण दिएका थिए ।

यसअघि नेपाल ५ पटक सेमिफाइनल पुग्न सफल भएको थियो । त्यसमध्ये नेपाली प्रशिक्षकको नेतृत्वमा २ र विदेशी प्रशिक्षकको नेतृत्वमा ३ पटक नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो । सेमिफाइनल पुर्याउने २ नेपालीमा मुल्मी र महर्जन हुन् । मुल्मीको प्रशिक्षणमा १९९५ र महर्जनको प्रशिक्षणमा २०१८ मा नेपाली टोलीले अन्तिम चारको यात्रा तय गरेको थियो । १९९७ मा धनबहादुर बस्नेत र २००९ मा कृष्ण थापाले नेतृत्व गर्दा टोली समूह चरणबाटै बाहिरिएको थियो ।

विदेशी प्रशिक्षक ट्रोस्टेन स्पिटलर, ग्राहम रोबर्टस र ज्याक स्टेफानोस्कीको नेतृत्वमा नेपालले सेमिफाइनल खेलको थियो । स्पिटलरले १९९९ मा , रोबर्टसले २०११ र स्टेफानोस्कीले २०१३ मा नेतृत्व सम्हाल्दा नेपाली टोलीले अन्तिम चारको यात्रा तय गरेको थियो । अन्य ४ विदेशी प्रशिक्षकले भने नेपाली टोलीलाई समूह चरण पार गराउन सकेनन् ।

अलमुताइरीको नेतृत्वमा नेपाली टोलीले यसपटकको च्याम्पियनसिपमा ४ खेल खेलसकेको छ भने अब फाइनल खेल्नेछ । ४ मध्ये पहिलो २ मा माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ ले हराएको नेपाल भारतसँग १–० ले पराजित भएको थियो । आज बंलादेशलाई १–१ को बराबरीमा राक्दै नेपाल पहिलो पटक उपाधिको नजिक पुगेको छ । पहिलो पटक नेपालले साफ च्याम्पिनसिपमा ५ खेल खेल्नेछ । यसअघि नेपालले एक संस्करणमा बढीमा ४ खेल खेलेको थियो ।

साफ च्याम्पियनसिपमा प्रशिक्षक र प्रदर्शन

पाकिस्तान ( जुलाई १६–२३,१९९३) , सार्क गोल्डकप

प्रशिक्षक– महेश्वर मुल्मी, होल्गर ओभरम्यान (प्राविधिक निर्देशक)

४ टोलीको सहभागितामा तेस्रो

श्रीलंका, (२५ मार्च– २ अप्रिल,१९९५ ) सार्क गोल्डकप (ब्रिस्टोल गोल्डकप)

प्रशिक्षक– महेश्वर मुल्मी

सेमिफाइनल

नेपाल, ४ सेप्टेम्बर–१३ सेप्टेम्बर, १९९७ (सार्क गोल्डकप)

प्रशिक्षक – धनबहादुर बस्नेत

समूह चरणबाट बाहिर

भारत, २२ अप्रिल– १ मे, १९९९ (सार्क गोल्डकप, साफ कोकाकोला कप)

प्रशिक्षक – ट्रोस्टेन स्पिटलर

सेमिफाइनल

बंगलादेश, १०–२० जनवरी २००३ (सार्क गोल्डकप)

प्रशिक्षक – योकी ह्युङ

समूह चरणबाटै बाहिर

पाकिस्तान, ७–१७ डिसेम्बर,२००५ (सार्क गोल्डकप)

प्रशिक्षक – तोसिहिको सिओजावा

समूह चरणबाटै बाहिर

माल्दिभ्स/श्रीलंका ,३–१४ जुन, २००८ (साफ च्याम्पियनसिप)

प्रशिक्षक – थोमस फ्लाथ

समूह चरणबाटै बाहिर

बंगलादेश , ४–१३ डिसेम्बर, २००९ (बंगबन्धु साफ च्याम्पियनसिप)

प्रशिक्षक – कृष्ण थापा

समूह चरणबाटै बाहिर

भारत, डिसेम्बर २–११,२०११ (कार्बन साफ च्याम्पियनसिप)

प्रशिक्षक – ग्राहम रोबटर्स

सेमिफाइनल

नेपाल, अगष्ट ३१–११ सेप्टेम्बर,२०१३ (साफ च्याम्पियनसिप)

प्रशिक्षक – ज्याक स्टेफानोस्की

सेमिफाइनल

Nepali Coach Patrick Aussems

भारत, २३ डिसेम्बर २०१५ – ३ जनवरी,२०१६ (साफ च्याम्पियनसिप, साफ सुजुकी कप)

प्रशिक्षक – प्याट्रिक अजेम्स

समूह चरणबाटै बाहिर

बंगलादेश, ४–१५ सेप्टेम्बर २०१८ (साफ च्याम्पियनसिप, साफ सुजुकी कप )

प्रशिक्षक – बालगोपाल महर्जन

सेमिफाइनल

माल्दिभ्स, १–१६ अक्टुबर (साफ च्याम्पिनयसिप, ओरेडो साफ च्याम्पिनयसिप)

प्रशिक्षक – अब्दुल्ला अलमुताइरी

फाइनल खेल्न बाँकी

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

Success

Thank you for your time.