default_image

3 years ago

October 12, 2021

अलमुताइरीलाई भारतीय प्रशिक्षक स्टिमाचको जवाफ

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीलाई आइतबार १–० ले पराजित गर्दै भारत साफ च्याम्पियनसिपको उपाधि दौडमा फर्किएको थियो । फाइनलको सम्भावना जीवित राख्नलाई जित्नै पर्ने खेलमा भारतले सफलता हासिल गरेको थियो । अर्कोतर्फ नेपालले भारतसँगको हार पछि फाइनल प्रवेशको सम्भावनालाई पक्का गर्न अन्तिम खेल सम्म कुर्नुपर्ने भएको छ ।

नेपाल र भारतबीचको नतिजाले साफ च्याम्पियनसिपको उपाधि दौड रोमाञ्चक बनाइरहेको छ भने दुई टोलीका प्रशिक्षकबीचको प्रतिक्रियाले पनि निरन्तरता पाएको छ । खेलको अन्त्यतिर कप्तान सुनिल क्षेत्रीले गोल गरेपछि भारतले सफलता प्राप्त गरेको थियो । त्यो गोलमा भारतीय टोलीका प्रशिक्षक इगोरले खुसीयाली मनाएका थिए । त्यसमा नेपाली टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी स्टिमाचले आफू र समर्थकलाई जिस्काउँदै गोलको खुसीयाली मनाएकोमा भने निराशा व्यक्त गरेका थिए ।

‘भारतका प्रशिक्षकले गोल हानेपछि समर्थक र मेरो खिल्ली उडाए । किन? यो खेलकुद हो । एक अर्कालाई सम्मान गर्नुपर्छ,’ अलमुताइरीले थपे,’ उनीबाट बच्चाजस्तो व्यवहार भयो । यदि नेपाल र भारत फाइनल खेल्छ र हामी जित्छौं भने म त्यसो कदापी गर्दिन । मेरो आमाले पनि त्यो व्यवहार स्विकार्नु हुन्न । मलाई त्यो देख्दा लाज लाग्यो ।’

क्रोएसियाली प्रशिक्षक स्टिमाचले आफ्नो खुसीयाली मनाउने क्रममा केहि खराब भए जस्तो आफूलाई नलागेको बताएका छन् । ‘मलाई तिमी बताउन सक्छौं त्यो खुसीयाली मनाउने तरिकामा के खराबी थियो,’ भारतीय सञ्चारमाध्यमलाई उनले भनेका छन्, ‘मलाई लाग्छ उनले भारतले जित्ने ९५ प्रतिशतक सम्भावना छ भन्नुको के अर्थ हो । उनले आफ्नै टोलीको अपमान गरेका छन् । उनले मेरो र मेरो खुसीयाली मनाउने तरिकामा सोच्न आवश्यक छैन ।’

आफ्नो खुुसीयाली मनाएको विषयमा अलमुताइरीले दिएको प्रतिक्रिया भने आफूलाई राम्रो नलागेको पनि बताएका छन् । ‘मेरो खुसीयाली मनाउने क्रममा केहि खराबी थिएन,’ उनले प्रश्न गरे, ‘कि मैले खुसी मनाउने अधिकारी छैन ।’

स्टिमाचले आफूले आफ्नो काम गरेको उल्लेख गर्दे व्यवसायिक प्रशिक्षकले आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गर्ने बताएका छन् । ‘म आफ्ना खेलाडीले मैदानमा के गर्छन् भन्नेमा केन्द्रित हुन्छु न कि गोल गरे भने कसरी खुसीयाली मनाउने भनेर सोच्छु,’ उनले थपे, ‘सायद अरु प्रशिक्षकहरु गोलपछि खुसायाली कसरी मनाउने भन्ने विषयमा सोच्छन् । उनीहरु आफूलाई खेलाडीकै रुपमा प्रस्तुत गर्न खोज्छन् ।’

भारतविरुद्धको खेलको अघिल्लो दिन प्रि म्याच कन्फ्रेन्समा अलमुताइरीले भारतले जित्ने सम्भावना ९५ प्रतिशत, बराबरी हुने सम्भावना ४ प्रतिशत र नेपालले जित्ने सम्भावना १ प्रतिशत रहेको बताएका थिए ।

नेपाललाई पराजित गर्दै च्याम्पियनसिपमा फर्केको भारतलगायत सबै चार टोलीका लागि अन्तिम खेल महत्वपूर्ण भनेको छ । समान ६ अंकका साथ शीर्षस्थान र आयोजक माल्दिभ्सले अन्तिम खेलमा बराबरी गरेपनि फाइनल पुग्नेछन् । असोज २७ गते हुने खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । अर्को खेलमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र माल्दिभ्सले अलग अलग खेलमा बराबरी खेल दुवै टोली फाइनल पुग्नेछन् । ४ अंकसहित चौथो स्थानमा रहेको बंगलादेश र भारतले भने अन्तिम खेल जितेको अवस्थामा मात्र फाइनल यात्रा तय गर्नेछन् ।

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.