default_image

3 years ago

October 10, 2021

स्पोर्ट्स एकेडेमी साँगा ‘सी’ डिभिजनमा बढुवा

338 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स एकेडेमी साँगा ‘सी’ डिभिजन लिगमा बढुवा भएको छ । आफ्नो पोलको अन्तिम खेलमा संयुक्त नमुना युवा क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै काभ्रेको स्पोर्ट्स एकेडेमी ‘सी’ डिभिजनमा बढुवा हुन सफल भएको हो ।

प्रतिस्पर्धात्मक खेलको ६३औं मिनेटमा आदित्य कार्कीले गरेको गोल नै स्पोर्ट्स एकेडेमी साँगाको जितमा पर्याप्त बन्यो ।

त्यसअघि सुर्खेतको आरसी ३२ फुटबल एकेडेमी ‘रारा रेन्जर्स’ ले झापाको समाज सेवी क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै ‘सी’ डिभिजनमा बढुवा हुन सफल भएको छ।

सुर्खेेतको आरसी ३२ फुटबल एकेडेमी ‘रारा रेन्जर्स’ ‘सी’ डिभिजन लिगमा छनोट हुन सफल भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको नकआउटको आफ्नो पोलको अन्तिम खेलमा झापाको समाज सेवी क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै आरसी ३२ फुटबल एकेडेमी सी डिभिजन लाई छनोट हुन सफल भएको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइदा आरसी ३२ ले बाजी मारेको हो । आरसी ३२ का सबै ५ खेलाडीले गोल गर्न सफल हुदा समाज सेवी क्लबको चौथो पेनाल्टीलाई मुकेश घर्ती मगरले बचाउँदै छनोटको बाटो देखाए ।

त्यसअघि रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको १२औं मिनेटमा बविन बोहोराको गोलबाट आरसी ३२ ले अग्रता लिएको थियो । १९औं मिनेटमा खगेन्द्र बयरकोटीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । २९औं मिनेटमा विवेक सन्तोषीले गोल गर्दै आरसी ३२ लाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको शुरुमै ५०औं मिनेटमा हरि बहादुर आले मगरले गाले गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा लम्बिएको थियो ।

अब रानीवन स्पोर्ट्स क्लब बाजुरा र नुवाकोट युनाइटेड एफसीबीचको विजेता ‘सी’ डिभिजनमा बढुवा हुनेछ । यि दुई टोलीबीचको खेल सोमबार हुनेछ । ‘सी’ डिभिजन छनोटमा देशभरबाट ७८ टोलीको सहभागिता रहेको थियो । तीन टोलीले ‘सी’ डिभिजनमा बढुवा हुने प्रावधान रहेको छ ।

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.