default_image

3 years ago

October 10, 2021

इंग्ल्यान्डको सानदार जित

62 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । इंग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५–० को फराकिलो जित निकालेको हो ।

इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, ट्याम्मी अब्राहम, जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले समान एक गोल गरे । गोलको वर्षा भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा ३ गोल थपेको थियो ।

एन्डोरामा शनिबार राति भएको खेलको १७औं मिनेटमा बेन चिलवेलको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता लिएको थियो । उनले जाडोन सान्चोको पासमा गोल गरेका थिए । ४०औं मिनेटमा फिल फोडेनको पासमा बुकायो साकाले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

५९औं मिनेटमा सान्चोको पासमा ट्याम्मी अब्राहमले गोल गरेपछि इंग्ल्यान्डले खेलमा ३–० को अग्रता लिन सफल भयो । ७९औं मिनेटमा जेम्स वार्ड प्रोजले पेनाल्टी चुकाएपनि रिवाउन्डमा गोल गर्दै इंग्ल्यान्डलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

८६औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ५–० को फराकिलो जित दिलाए । उनले साम जोनस्टोनको पासमा गोल गरेका थिए ।

यो जितपछि समूह ‘आई’ मा अपराजित रहेको इंग्ल्यान्ड ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित एन्डोरा ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

Success

Thank you for your time.