default_image

3 years ago

October 8, 2021

बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा

88 views

0 Bookmark

एजेन्सी – बेल्जियममाथि पूनरागमन जित निकाल्दै फ्रान्स युइएफए नेसल्स लिगको फाइनलमा पुग्न सफल भएको छ । दुई गोलले पछि परेको अवस्थामा फ्रान्सले बेल्जियमलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

एलिएन्ज एरिना टोरिनोमा बिहीबार राति भएको खेलमा फ्रान्सको पूनरागमन जितमा करिम बेन्जेमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले गोल गरे । बेल्जियमका यान्निक कारास्को र रोमेलु लुकाकुको गोल सान्त्वना बन्यो ।

प्रतिस्पर्धात्मक खेलको ३७औं मिनेटमा यान्निक कारास्कोको गोलबाट बेल्जियमले खेलमा अग्रता लिएको थियो । उनले केभिन डि ब्रुएनको पासलाई सदुपयोग गरेका थिए । ४०औं मिनेटमा केभिन डि ब्रुएनकै पासमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियमले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।

दुई गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै गोल निकाल्दै जित निकाल्न सफल भयो । बेल्जियमले भने आफुले लिएको अग्रता जोगाउन नसक्दा फाइनल पुग्नबाट बञ्चित बन्यो । ६२औं मिनेटमा करिम बेन्जेमाले केलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्कने संकेत दिए ।

६९औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । युरी टिलेमान्सले एन्टोइन ग्रिजमनलाई फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा एमबाप्पे चुकेनन् । ८७आं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपनि उनी अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।

९०औं मिनेटमा थियो हर्नान्डेजले काउन्टर अट्याकमा बेन्जेमाको पासलाई सदुपयोग गर्दै फ्रान्सलाई ३–२ को जित दिलाउँदै फाइनलको यात्रा तय गराए । त्यसअघि ८८औं मिनेटमा पल पोग्वाको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।

अब फ्रान्सले उपाधिका लागि १० अक्टोवरमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले बुधबार राति इटालीलाई २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । सोही दिन तेस्रो स्थानको लागि इटाली र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।

July 7, 2024

ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरियो!

एजेन्सी – उपाधि दावेदार ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । अमेरिकाको फिनिक्समा भएको कवातर उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्दा ब्राजिल बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गर्यो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले […]

July 7, 2024

नेदरल्याण्ड्स युरोको सेमिफाइनलमा

एजेन्सी – टर्की विरुद्ध पुनरागमन जित दर्ता गर्दै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २-१ को जित दर्ता गरेको हो । टर्कीले खेलको ३५औं मिनेटमा खेलमा आग्रह लिएको थियो । आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए […]

July 7, 2024

स्विट्जरल्यान्डलाई टाईब्रेकरमा हराउँदै इङ्ल्यान्ड युरोको सेमिफाइनलमा

एजेन्सी – इङ्ल्यान्डको युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५-४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो । शूटआउटमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको प्रहार इङ्ल्यान्डको गोलरक्षक जोर्डन पिकफोर्डले […]

Success

Thank you for your time.