8 years ago
November 12, 2016
कुचिङ(हाम्रो खेलकुद) – नेपालले एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई प्रतिद्वन्द्वि पाएको छ । कुचिङमा भर्खरै सम्पन्न दोस्रो सेमिफाइनलमा टाइब्रेकरमा ब्रुनाईलाई ४–३ ले हराउँदै मकाउले फाइनलमा यात्रा पक्का गरेको हो ।
निर्धारित ९० मिनेट थप समय १–१ को बराबरीमा खेलेपछि टाइब्रेकरमा मकाउले बाजी मारेको हो । त्यसअघि भएको सेमिफाइनलमा लाओसलाई टाइब्रेकरमा ३–० ले हराउँदै नेपाल फाइनल पुगेको थियो । नेपालले लाओससँग निर्धारित समय र थप समय गर २–२ को बराबरी खेलेको थियो । मकाउका प्रशिक्षकले नेपाललाई बलियो प्रतिद्वन्द्वि भएको बताएका छन् । ब्रुनाईलाई जितेपछि उनले भने,‘नेपाल बलियो टोली हो । मिडफिल्ड र स्ट्राइकर राम्रो हो ।’
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]