3 years ago
October 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत दोस्रो खेलमा श्रीलंकालाई पराजित गर्दा विंगर अन्जन विष्ट प्लेयर अफ द म्याच बने ।
अन्जनसँगै सुमन लामा र आयुष घलानले १-१ गोल गरेपछि नेपाल ३-२ को जित दर्ता गर्न सफल भयो । राष्ट्रिय टोलीबाट अन्जनको यो छैटौं गोल हो । सन् २०१९ मा चाइनिज ताइपेइविरुद्ध २ गोल गर्दै राष्ट्रिय टोलीमा गोलको खाता खोलेका उनले त्यसयता प्रशिक्षक अलमुताइरीको प्रशिक्षणमा ४ गोल गरिसकेका छन् ।
श्रीलंकाविरुद्ध जितपछि बोल्दै उनले प्रशिक्षकको विश्वासका लागि धन्यवाद व्यक्त गरे । ‘म सबै खेलाडी सहकर्मी, प्रशिक्षक र समर्थकलाई धन्यवाद दिन चाहन्छु । मुख्य कुरा प्रशिक्षकले मलाई विश्वास गर्नुभएकोमा आभारी छु । प्रशिक्षकले भन्नुभएको जस्तै प्रतियोगिता अझै बाँकी छ । हामी अन्त्यसम्म पनि लड्नेछौं,’ उनले भने ।
नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान १३ गोल छ । हरि खड्का र निराजन रायमाझीको नाममा रहेको यो कीर्तिमान तोड्न कसैले सकेको छैन । उक्त कीर्तिमान तोड्न सक्नेबारे के लाग्छ भन्ने प्रश्नमा अन्जनले आफू सक्दो मिहिनेत गर्ने बताए ।
‘कीर्तिमान राख्ने सपना त भइहाल्छ । अहिलेसम्म पनि १३ गोलमा नै अड्किएको छ । मुख्य कुरा भनेको हाम्रो नेपालमा फरवार्डले मात्र गोल हान्नुपर्छ भन्ने सोच छ । तर अहिले प्रशिक्षकले जसले पनि गोल हान्न सक्छ भन्ने विश्वास गर्नुभएको छ,’ उनले थपे, ‘आज पनि मिडफिल्डरले गोल हानेको छ । मेरो पनि चाहना छ कि त्यो रेकर्ड तोड्ने । अझै मिहिनेत गर्नेछु र आशा गरौं त्यो रेकर्ड तोड्न सक्नेछु ।’
राष्ट्रिय टोलीबाट सन् २०१४ मा डेब्यु गरेका अन्जनले अधिकांश समय मिडफिल्डमा नै खेले । पछिल्लो समय भने उनले केहि आक्रामक भूमिका पाएका छन् । त्यसैले पनि अलमुताइरीको आगमनसँगै अन्जनले राष्ट्रिय टोलीबाट ४ गोल थपेका छन् । उनले इराक, चाइनिज ताइपेइ, भारत र श्रीलंकाविरुद्ध पछिल्लो केहि महिनाको अन्तरमा गोल गरेका हुन् ।
यो पनि : ‘प्रदर्शन होइन, नतिजा महत्त्वपूर्ण’ – प्रशिक्षक अलमुताइरी
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]