default_image

3 years ago

October 5, 2021

‘प्रदर्शन होइन, नतिजा महत्त्वपूर्ण’ – प्रशिक्षक अलमुताइरी

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेपछि प्रतियोगितामा प्रदर्शनभन्दा नतिजा महत्त्वपूर्ण हुने बताएका छन् ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अलमुताइरीले नेपालले लगातार दोस्रो जित हासिल गरेकोमा खुसी व्यक्त गरे । ‘म तीन अंक जोड्न सकेकोमा धेरै खुसी छु । खेल निकै कठिन थियो । यो प्रतियोगितामा अंक निकै महत्त्वपूर्ण छ र हामीले सम्भव भएको ६ मा सबै ६ जित्न सकेका छौं,’ उनले भने, ‘हाम्रो अब फाइनल पुग्ने १ प्रतिशत सम्भावना रहेको मेरो बुझाइ छ । प्रतियोगिता अझै बाँकी छ, म खेलाडी र समर्थकबाट निरन्तर साथको अपेक्षा छ । अब दबाब अन्य टोलीलाई छ ।’

प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिपमा टोलीको प्रदर्शन भन्दापनि नतिजामा ध्यान दिनुपर्ने अभिव्यक्ति दिए । ‘प्रतियोगितामा प्रदर्शन भन्दापनि नतिजा महत्त्वपूर्ण हुन्छ । विपक्षीले बल राख्न चाहन्छ भने राखुन्, मलाई मतलब छैन । मलाई अंक चाहिएको छ । यदि मैत्रीपूर्ण खेल हो भने, प्रदर्शन महत्त्वपूर्ण हुन्छ । किनकि त्यसले प्रतियोगितामा खेल्न राम्रो गराउँछ,’ उनले थपे ।

खेल अनुसार रणनीति हुने भन्दै उनले टोलीले जितका लागि खेल्ने स्पष्ट पारे । ‘हुनसक्छ आज हामीले खेलेको रणनीति कतिलाई मन परेन होला । माल्दिभ्सको खेल पनि मन पराएनन् होला । तर म दुखि हुन्न । हामीले सम्भव भएको ६ अंक नै जितेका छौं,’ उनले भने, ‘अर्को खेलमा भारतले बल पोसेसन राखेर खेलेपनि मलाई केहि छैन । भारतले ९८ प्रतिशत नै बल पोसेसन राख्छ र हामी १-० जित्छौं भने मलाई नतिजा महत्त्वपूर्ण छ । त्यसैले अब हामीले विश्राम लिनेछौं र खेलको तयारी गर्नेछौं ।’

नेपालविरुद्ध लगातार दोस्रो हार बेहोरेपनि प्रतियोगितामा श्रीलंकाले अझै अन्य टोलीलाई हराउन सक्ने बताए । ‘मेरो विचारमा कुनैपनि टोलीविरुद्ध यो नतिजा हासिल गर्छु भन्न सक्ने अवस्था छैन । अर्को चरणमा कुन टोलीले कसलाई हराउँछ भन्न सकिन्न । श्रीलंकाले पछिल्लो खेलबाट सुधार गरेको छ । भारतले बंगलादेशविरुद्ध २ अंक गुमाएकोमा दबाब थपिएको छ । हामीले अब धैर्य गर्न आवश्यक छ । हतार गर्नुहुन्न,’ उनले थपे ।

प्रशिक्षक अलमुताइरीले आफूले खेलाडीलाई दबाबबाट टाढा राख्दै मिडियामा भने फरक प्रस्तुति दिएको बताए । ‘मैले खेलाडीसँग बोल्दा कडा मिहिनेत आवश्यक रहेको बताएको छु । मैले मिडियामा भनेको कुरा मानसिक रुपमा खेल खेलिरहेको हो । तर खेलाडी सधैं दबाबबाट टाढा हुनुपर्छ । मैले खेलाडीलाई मिडियासँग बोल्न नदिन पनि सक्छु । तर यो सब खेलाडीलाई दबाबबाट टाढा राख्न हो,’ उनले भने ।

नेपालले अब भारतविरुद्ध आइतबार हुने खेलमा जित हासिल गरे पनि फाइनल पुग्ने सम्भावना छ । त्यसका लागि विहीबार हुने खेलको नतिजा नेपालको पक्षमा आउनुपर्नेछ । नेपाल विहीबार विश्राममा रहँदा भारतले श्रीलंका तथा माल्दिभ्सले बंगलादेशसँग खेल्नेछन् । नेपालले अब लिगमा आइतबार भारत र बुधबार बंगलादेशको सामना गर्नेछ ।

यो पनि :

‘सर्वाधिक गोलकर्ता बन्न मिहिनेत गर्नेछु’ – अन्जन

नेपाल फाइनलमा पुग्ने बलियो सम्भावना

श्रीलंकालाई हराउँदै नेपाल शीर्षस्थानमा

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.