3 years ago
October 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउण्ड रोबिन लिगको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकालाई पराजित गर्यो । प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । मनिष डाँगीले खेलको ५ मिनेट बाँकी रहँदा गरेको दर्शनीय गोल नेपालको जितको लागि पर्याप्त रहेको थियो । सोमबार श्रीलंकामाथि ३-२ को जित दर्ता गर्दै नेपालले लगातार दोस्रो जित हासिल गर्यो । नेपालको दोस्रो जितमा सुमन लामा, अन्जन विष्ट र आयुष घलानले १-१ गोल गरे ।
लगातार दोस्रो जितसँगै नेपाल ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालले दोस्रो स्थानको बंगलादेशभन्दा २ अंकको अग्रता पनि लिएको छ । बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । भारतले १ खेलमा १ अंक जोड्दा माल्दिभ्स र श्रीलंका अंकविहिन छन् । माल्दिभ्सले भने १ खेल मात्र खेलेको छ ।
नेपालले अब भारतविरुद्ध आइतबार हुने खेलमा जित हासिल गरे पनि फाइनल पुग्ने सम्भावना छ । त्यसका लागि विहीबार हुने खेलको नतिजा नेपालको पक्षमा आउनुपर्नेछ । नेपाल विहीबार विश्राममा रहँदा भारतले श्रीलंका तथा माल्दिभ्सले बंगलादेशसँग खेल्नेछन् । नेपालले अब लिगमा आइतबार भारत र बुधबार बंगलादेशको सामना गर्नेछ ।
हालसम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न नसकेको नेपाललाई यसपटक इतिहास रच्ने सुवर्ण अवसर छ । प्रशिक्षक अलमुताइरीले बताएजस्तै यसपटक नेपाल इतिहासनजिक छ । अब टोलीले आफू अनुकुल नतिजा आएमात्र पनि फाइनल पुग्ने सम्भावना रहन्छ ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]