default_image

3 years ago

October 4, 2021

प्रशिक्षक न्यौपानेलाई खेलाडी सुशीलको साथ

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर सुशिल लामाले क्यान्सरसँग जुधिरहेको प्रशिक्षक नवीन न्यौपानेको परिवारलाई आर्थिक सहयोग गरेका छन् । सुशीलले आफ्नो आमाको सम्झनामा आयोजना गरेको दिल माया लामा मेमोरियल एमेच्योर फुटसल प्रतियोगिताबाट बचेको केही रकम प्रशिक्षक न्यौपानेको परिवारलाई सहयोग गरेको बताए ।

सुशीलले ३० हजार रुपैयाँ सोमबार न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । यस कार्यमा निकेश ठकुरी र सुशील बरालले सुशीललाई सहयोग गरिरहेका छन् । सुशीलले खेलसँगै सामाजिक कार्यलाई पनि निरन्तर अघि बढाउँदै लैजाने बताए । यसअघि सुशीलले आइतबार वृद्ध आश्रममा २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको बताए ।

नवीनको बुवा र आमा नै क्यान्सर रोगसँग जुधिरहेका छन् । उनीहरुको उपचार भइरहेको छ । विंगर फरवार्ड सुशीले यो सिजनको ‘ए’ डिभिजन लिगका लागि ललितपुरको फ्रेन्ड्स क्लबमा आबद्ध भएका छन् । सहारा एकेडेमी पोखराका उत्पादन २८ वर्षीय सुशीलले फ्रेन्ड्ससँगै न्युरोड टिम (एनआरटी) र मनाङ–मर्स्याङ्दीबाट लिगसँगै मोफसलका विभिन्न गोल्डकप खेलिसकेका छन् ।

सुशीलकी आमा दिल माया नेपालको राष्ट्रिय महिला फुटबल टोलीको पहिलो ब्याचकी खेलाडी हुन् । उनी आफ्नो जमानामा उत्कृष्ट फरवार्ड थिइन् । नेपालले सन् १९८६ मा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनले नै नेपालको आक्रमण सम्हालेकी थिइन् । उनको २०६६ सालमा निधन भएको थियो ।

सुशील, उनको खेल जीवन र आमासँग जोडिएको लेख पनि पढ्नुहोस : आमाजस्तै राष्ट्रिय टोलीबाट खेल्ने सपना छ

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]

July 2, 2024

चितवन लिगमा रामपुरको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा मंगलबार रामपुर फुटबल क्लब रड्स विजयी भएको छ। भरतपुर ७ कृष्णपुरमा आज भएको पहिलो खेलमा रामपुरले पुनरागमन जित निकाल्ने क्रममा हर्दी युवा समाजलाई ३-१ ले हराएको हो। रामपुरका मनोज थापाले २ तथा साहिल थापा मगरले १ गोल गरे । हर्दीका सन्तोष थिङले १ गोल गरे […]

Success

Thank you for your time.