8 years ago
November 12, 2016
दिपेश तिमल्सिना (हाम्रो खेलकुद)
काठमाडौं– फुटबलमा सफलता प्राप्त गर्न टोलीमा खेलाडी,प्रशिक्षण टोली, मेडिकल टिमको मात्र होइन समर्थकको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छ । नेपाली फुटबल खेलाडीले घरेलु मैदानमा खेल्दा समर्थकहरुको हुटिङले बेग्लै जोस आउने पटक पटक खेलाडीले बताउँदै आएका छन् । यी सबै फुटबलसँग जोडिएका अहम हिस्सा हुन् । तर फुटबल वा अन्य कुनै टिम गेममा सफलता दिलाउन पुरै टोलीको भूमिका महत्वपूर्ण हुन्छ । तथापी सफलताका लागि खास दिनमा खास खेलाडीको भूमिका र चर्चा हुन्छ । सफलतासँग सँगै नायकहरु पनि निस्किन्छन् ।
नेपालले मेलिसियामा जारी एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा लाओसविरुद्ध एतिहासिक सफलता प्राप्त गर्दा त्यसको पुरा श्रेय मलेसिया पुगेको टोलीलाई जान्छ । तर, त्यसमा पनि मुख्य भूमिका खोज्ने हो भने तीन खेलाडी आजको नतिजाका लागि नायक रहे । ती हुन् विमल घर्तीमगर, अनन्त तामाङ र गोलकिपर किरण चेम्जोङ ।
हिरोको खेल अन्तमा हुन्छ भने भनाईलाई सार्थक पार्ने क्रममा किरणले पेनाल्टीमा लाओसका दुई खेलाडीको पेनाल्टी रोके । दक्षिण एसियाली स्तरभन्दा माथि र एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको सोलिडारिटीमा नेपाल फाइनल पुग्न सफल हुनमा अन्तिम र निर्णायक भूमिका यीनै किरणको रह्यो । उनी लामो समयदेखि राष्ट्रिय टोलीको नम्बर एक गोलकिपर रहेका थिए । पछिल्ला केही प्रतियोगितामा भने उनी केही छायाँमा रहे । अहिले मौका पाउँदा किरणले फेरी आफुलाई प्रमाणित गरेका छन् ।
त्यसअघि अनन्त र विमल दिलाएको सफलता नेपाली नेपाली फुटबलमा चर्चा हुनेछ । अनन्तले नेपाललाई अग्रता दिलाउने गोलमात्र गरेर दुईवटा खतरनाक संकट पनि टारे । उनले पहिलो हाफको १८ औं मिनेटमा विपक्षी खेलाडीलाई ट्याकल गर्दै गोल हुनबाट जोगाएका थिए । उनले इन्जुरी समयमा पनि विपक्षीको प्रहारमा गोल हुने क्रममा रहेको बललाई गोललाइनबाट फर्काए । यद्दपी त्यसको वावजुद लाओसले पहिलो हाफमै गोल गरेर अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको नेपाललाई दोस्रो हाफ सुरु हुने वित्तिकै विमलले दबाबमुक्त बनाए । भरत खवासले दिएको क्रसमा उनले ४७ औं मिनेटमा हेडमार्फत गोल गरेर टोलीलाई खे
लमा फर्काए । विमलले नेपालका लागि गोल गरेको यो पहिलो पटक थिएन । उनले त्यसअघि पनि ४ वटा गोल गरिसकेका छन् ।
निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा टुंगिएको थियो । त्यसपनि जोशलाई निरन्तरता दिएको नेपालका लागि रक्षक अनन्तले ओभर ल्यापमा गएर १ सय ४ मिनेटमा गोल गरे । यद्दपी त्यो अग्रतालाई पनि जोगाउन नसकेको नेपालले १ सय १७ औं मिनेटमा गोल खाएको थियो । लाओसलाई पहिलो गोल र पछि बराबरी एउटै खेलाडी जाइ सोङ खामले गरेका थिए । तर, भाग्य उनको पक्षमा थिएन । उनी छायाँ नायक मात्र रहे । बराबरी पछि त्यहाँ किरणको जादु चल्यो । विपक्षीका दुई खेलाडीको पेनाल्टी रोक्दै किरणले अझै राष्ट्रिय टोलीको नम्बर एक गोलकिपर आफै भएको प्रमाणित गरे । अर्को एउटा पेनाल्टी विपक्षी खेलाडी आफैले चुकाए । किरणको हौसला बढाउन हेमन गुरुङ,विक्रम लामा र सुजल श्रेष्ठले टाइब्रेकरमा आफ्नो जिम्मेवारी पुरा गर्दै गोल गरे र नेपाल पहिलो पटक एएफसीको प्रतियोगितामा फाइनल पुग्यो ।
नेपाली फुटबलमा लामो समय त्यो जित र त्यसका तीन नायकको चर्चा पक्कै हुनेछ । बधाई छ, तीन नायक र नेपाली फुटबल टोलीलाई । मंगलबार हुने फाइनलका लागि अग्रिम शुभकामना । अर्को इतिहास रच्नका लागि हामी अब एककदम मात्र टाढा छौं । अब सोलिडारिटी कपको उपाधि हामी भन्दा धेरै टाढा छैन ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]