8 years ago
November 12, 2016
कुचिङ (हाम्रो खेलकुद)– नेपाल एएफसी सोलिडारिटी कप सेमिफाइनलको पहिलो हाफको समाप्ती सम्म १–० ले पछाडी परेको छ । नेपालविरुद्ध १९ औं मिनेटमा साइ सोङ खामले हेडमार्फत गोल गरेका थिए । थ्रोमा आएको बललाई कप्तानले क्रस गरेपछि नजिक रहेका कामले ड्रप हेडमा गोल गरेका थिए । उनको प्रहार रोक्न नेपाली किपर किरण चेम्जोङले प्रयास त गरे, तर उनले भेट्टाउन सकेनन् ।
नेपाली टोलीले गोल गर्ने केही अवसर पाएर पनि खाता खोल्न सकेन । भरत खवास, नवयुग श्रेष्ठ गोलको मौका पाएका थिए, तर सफल हुन सकेनन् । विमल घर्ती मगरले १७ औैं मिनेटमा पेनाल्टी बक्सको केही बाहिरबाट फ्रिकिक प्रहार गरे, बल पोस्ट नजिकबाट बाहिरीयो ।
ब्रुनाईसँगको खेलमा भन्दा नेपालले आज एउटा एउटा परिवर्तन गरेको छ । आज हेमन गुरुङको सट्टा अन्जन विष्ट पहिलो रोजाईमा छन् । एसियाली स्तरको प्रतियोगितामा नेपाल दोस्रो पटक सेमिफाइनल खेलिरहेको छ । यसअघि सन् २००६ को एएफसी च्यालेन्जकपमा नेपाल सेमिफाइनल सम्म पुगेको थियो । लाओसलाई हराउन सकेन नेपाल पहिलो पटक एसियाली स्तरको प्रतियोगिताको फाइनलमा पुग्नेछ ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]