3 years ago
October 2, 2021
एजेन्सी – म्याचेस्टर युनाइटेड प्रिमियर लिगमा शनिबार बराबरीमा रोकिएको छ । एन्ड्रोस टाउनसेन्डले लगातार दोस्रो साता गोल गरेपछि एभर्टनले युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ । बराबरीका कारण युनाइटेडले अंक तालिकाको शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ ।
६५ औं मिनेटमा एब्डोयुलाय डोकोउरेको पासमा टाउनसेन्डले बराबरी गोल गरेका थिए । खेलमा अग्रता युनाइटेडले लिएको थियो । ब्रुनो फर्नान्डेजको पासमा एन्टोनी मार्सियलले ४३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । फेब्रुअरी पछि प्रिमियर लिगमा मार्सियलको त्यो पहिलो गोल थियो ।
भ्रमणकारी टोली एभर्टनले पहिलो हाफमा पनि गोलका केहि मौका पाएका थिए । टाउनसेन्ड र ग्रे दुवै गोलको नजिक पुगेर चुकेका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोको शनिबारको खेल प्रिमियर लिगको २ सयौं खेल थियो । रोनाल्डो ५७ औं मिनेटमा इन्डिसन काभानीको सट्टा मैदान प्रवेश गरेका थिए ।
यसै साता भिल्लारियलविरुद्ध च्याम्पियन्स लिगमा २–१ जितमा रोनाल्डोले निर्णायक गोल गरेका थिए । तर, एभर्टनविरुद्ध भने त्यस्तै नतिजा दिलाउन रोनाल्डो सफल भएनन् । उनी मैदान प्रवेश गरेको केहि समयमा एभर्टनले बराबरी गोल फर्काएको थियो । १–१ को बराबरीपछि एभर्टनका यरी मिनाले गरेको गोल भिएआर परिक्षणबाट अफसाइड दिएको थियो ।
युनाइटेड र एभर्टनको समान १४ अंक पुगेको छ । एक खेल कम खेलेको लिभरपुल समान १४ अंकका साथ शीर्षस्थानमा छ । युनाइटेड दोस्रो र एभर्टन तेस्रो स्थानमा उक्लेका छन् ।
प्रिमियर लिगमा शनिबारको खेल
खेल/ समय
बर्निलीविरुद्ध नर्विच सिटी साँझ ७ः४५ बेज
चेल्सीविरुद्ध साउथह्याम्टन साँझ ७ः४५ बजे
लिड्स युनाइटेडविरुद्ध वाटफोर्ड साँझ ७ः४५ बजे
उल्भरह्याम्टन वानर्डरर्सविरुद्ध न्युक्यासल युनाइटेड साँझ ७ः४५ बजे
ब्राइटन एन्ड होभ अल्बाइनविरुद्ध आर्सनल राती १०ः१५ बजे
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]