8 years ago
November 12, 2016
दिपेन्द्र पोखरेल /हाम्रो खेलकुद
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले हिजो आफ्नो फेसबुक फ्यान पेजमा लेखे,‘ भोली सेमिफाइनल खेल्दैछौं । तपाईहरुको साथ र शुभकामनाको अपेक्षा गर्दछौं ।’ फुटबल प्रतियोगिता नेपालीको क्रेज देखेर र नेपाली टोलीलाई समर्थकले गर्ने मायाकै आधारमा उनले यस्तो अपेक्षा गरेको हुनुपर्छ ।
उनको त्यो स्ट्याटसमा लाइक गर्ने हजारौंको संख्यामा छन् भने सयौंले शुभकामना दिएका छन् । मलेसियामा जारी सोलिडारिटी कपको सेमिफाइनलमा अब केही समयपछि नेपाली टोलीले लाओसको सामना गर्दैछ । लाओससँग नेपालले खेल्न लागेको यो दोस्रो पटक हो ।
तर, विमल भने पहिलो पटक लाओसविरुद्ध उत्रदैछन् । यसअघि नेपालले लाओससँग खेलिरहँदा विमल भने निकै पीडामा थिए । जेठ १६ गते नेपाल र लाओसबीचको खेल लाओसमा भइरहेको थियो भने, विमल नेपालमै थिए । उनी घरमै रहनु परेको कारण थियो, बहिनी मनिषाको रहस्यमय मृत्यु । जेठ १२ गते उनी बहिनीको मृत्यु भएको थियो । विमल घुँडाको चोटको उपचारका लागि बेल्जियम पुगेका बेला यता बहिनीको मृत्यु भएको थियो । त्यसपछि उनी तत्काल नेपाल फर्केका थिए । त्यसयता विमल लामो समय मैदान बाहिर रहे ।
तर, आफ्नी आमाको हौसला र दर्शकको मायाले आफु पुनः फुटबलमा फर्कन सफल भएको उल्लेख गर्दै विमलले समर्थकहरुलाई खुसी पारे । फागुनमा दक्षिण एसियाली खेलकुद (साग) यू २३ मा च्याम्पियन बनेदेखि नेपालका लागि खेलेको यो पहिलो पटक हो । यसबीचमा बंगलादेशसँग तय भएको मैत्रीपूर्ण खेलका लागि पनि उनी उपलब्ध थिएनन् । तर, यसपटक उनको साथ नेपाली टोलीले पाएको छ । रुस्लान थ्री स्टारले भारतमो गुहावटीमा भाग लिएको नकआउट फुटबल प्रतियोगितामार्फत विमलले फुटबलमा कमब्याक गरेका थिए । २० बर्षका विमलले शोकलाई शक्तिमा बदलेका छन् ।
ब्रुनाईविरुद्धको समूह चरणको खेलमा ३–० ले जित्दा विमलले पेनाल्टीमार्फत अन्तिम गोल गरेका थिए । त्यो गोलपछि उनले नवयुग श्रेष्ठ र अनन्त तामाङसँग गरेको सेलिब्रेसनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ब्रुनाईसँगको जितपछि उनले फेसबुकमा स्ट्याटस लेखेका थिए, ‘ आजको गोल बहिनी मनिषालाई र जित नेपाली समर्थकहरुलाई समर्पण गर्न चाहन्ुछ ।’ गत बर्ष आफ्नो कप्तानीमा नेपालीलाई साफ यू १९ च्याम्पियनसिप जिताएका विमललाई सोलिडारिटी कप देशका लागि कति महत्वपूर्ण छ भन्ने राम्रो बुझेका छन् । पारिवारिक शोक, शरीरको चोट सबैलाई विर्सेर अघि बढेका विमलले राष्ट्रिय टोलीका लागि ४ गोल गरिसकेको छन् । यो उनको चम्किलो खेलजीवनको सुरुआत मात्रै हो, नेपाली समर्थकले उनीबाट भविष्यमा अझै बढी गोल र उच्च प्रदर्शनको अपेक्षा गरेका छन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]