8 years ago
November 12, 2016
काठमाडौं (हाम्रो खेलकुद)
नेपाली राष्ट्रिय टोली फेरी एक पटक इतिहास रच्ने अवसरको मोडमा आइपुगेको छ । मेलेसियाको कुनिङमा जारी एएफसी सोलिडारिटी कपमा आज दिउँसो २ः१५ बजे लाओससँग सेमिफाइनल खेल्दैछ । त्यो सेमिफाइनल जित्न सके नेपाल पहिलो पटक एसियाली स्तरको प्रतियोगिताको उपाधि नजिक पुग्ने छ ।
तीन दशक भन्दा लामो अन्तर्राष्ट्रिय फुटबलको अनुभव बटुलेको नेपाली टोली अहिले सम्म क्षेत्रिय स्तरको प्रतियोगिताभन्दा माथिल्लो प्रतियोगिताको फाइनल पुग्न सकेको छैन । दक्षिण एसियाली महासंघिय (साफ) मा दुई पटक स्वर्ण पदक जितिसकेको नेपाल दक्षिण एसियाली खेलकुद (साग) यू २३ को अहिलेको च्याम्पियन हो ।
उमेर समूहतर्फ नेपाल साफ १९ को पनि च्याम्पियन हो भने गत बर्ष माघमा नेपाली टोलीले बंगबन्धु गोल्ड कप पनि जितेको थियो । तर, कुनै पनि एसियाली स्तरको प्रतियोगितामा नेपालले फाइनल सम्मको यात्रा तय गरेको छैन । एसियाली स्तरको प्रतियोगिताको सेमिफाइनलमा भने यसअघि पनि पुगिसकेको छ । सन् २००६ मा बंगलादेशमा भएको एएफसी च्यालेन्जकपको पहिलो संस्करणमा नेपाल सेमिफाइन पुगेको थियो । तर, श्रीलंकासँग पराजित हुँदै नेपाल एएफसीको प्रतियोगितामा फाइनल पुग्ने अवसर बाट बञ्चित भएको थियो । दश बर्षपछि नेपालले फेरी एकपटक एएफसीको प्रतियोगिताको फाइनल पुग्ने मौका पाएको छ ।
तर, त्यसमा नेपाली टोली कति खरो उत्रन्छ , त्यो भने हेर्न लायक हुनेछ । च्यालेन्ज कपको टोलीभन्दा अहिले पुरै परिवर्तन भइसकेको छ । अहिलेको टोलीसँग साग यू २३ र बंगबन्धु गोल्डकप जितेको अनुभव छ । तथापी च्यालेन्जकप र सोलिडारिटी कपमा अन्तर भने छ । एएफसी च्यालेन्जकप २००६ देखि नियमित रुपमा आयोजना हुँदै आएको छनोट चरणदेाि २० राष्ट्रभन्दा बढीको सहभागिता रहने प्रतियोगिता हो भने सोलिडारिटी कप यो बर्ष सुरु भएको प्रतियोगिता हो ।
एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप छनोट र एसिया कप छनोटको पहिलो पहिलो र दोस्रो चरणबाट बाहिरिएका टोलीका लागि लक्षित गर्दै आयोजना गरेको प्रतियोगिता हो । यसमा ७ राष्ट्रको सहभागिता छ । बंगलादेश र पाकिस्तानले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए । यद्दपी एएफसीको आधिकारिक प्रतियोगिताको च्याम्पियन बनेर फर्कने मौका नेपाली टोली सामू छ । तर, त्यसअघि आज लाओसको चुनौति पार गर्नुपर्नेछ ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]