default_image

3 years ago

October 1, 2021

हेटौडा उपमहानगर र एन्फा पूर्व अध्यक्ष थापा नेतृत्व संस्थाबीचको सम्झौता रद्द

138 views

0 Bookmark

हेटौडा (हाम्रो खेलकुद) – विवादमा पर्ने देखिएपछि हेटौंडा उपमहानगरपालिकाले विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) द्वारा फुटबलमा संलग्न हुन प्रतिबन्धमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले नेतृत्व गरेको संस्थासँगको सम्झौता रद्द गरेको छ ।

उप महानगरले थापा अध्यक्ष रहेको नेपाल स्पोर्टस अर्गनाइजेसनलाई एकेडेमी सञ्चालनका लागि २५ लाख रुपैयाँ दिने को सम्झौता गरेको थियो । थापाले मंगलबार सामाजिक सञ्जालमार्फत सम्झौताको विषयमा जानकारी दिएका थिए । सम्झौताको विषयमा उपमहानगरपालिका विवादमा मुछिने देखिएपछि उपमहानगरले सम्झौता रद्द गरेको हो ।

हेटौडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले बिहीबार आकस्मिक बैठक बसेर स्पोर्टस अर्गजनाइजेसनसँगको सम्झौता रद्द गरिएको बताएका छन् ।उनले भने ‘ फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमी खोल्न लागेकोले बजेट विनियोजन गरेका थियौं । तर, उहाँ प्रतिबन्धित हुनुहुन्छ भन्ने थाहा थिएन । सम्झौता रद्द गरिसकेका छौं ।’

एन्फा अध्यक्ष रहँदा थापाले आर्थिक अनियमितता गरेको अभियोगमा फिफाले उनीलाई फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरि १० वर्षको प्रबिन्ध लगाएको थियो । फिफाले २०७२ कात्तिक ३० गते थापामाथि प्रतिबन्ध लगाएको थियो । उनीमाथि फिफाको प्रतिबन्ध अझै झन्डै ४ वर्ष बाँकी छ । यस्तोमा पनि उनले आफू फुटबलमा संलग्न हुने पटक पटक बताउँदै आएका छन् ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र थापाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताको तस्बिर सार्वजनिक गर्ने क्रममा थापाले त्यसका विषयमा विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने उल्लेख गरेका थिए ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.