8 years ago
November 12, 2016
सान मारिनो (एजेन्सी) – बिश्व कप छनोट चरणको खेलमा जर्मनिले सान मारिनोलाई ८–० ले जित्दै ४ खेलमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ ।
सामि खदिरको गोल बाट सुरुवाती ७ मिनेटमा अग्रता लिएको जर्मनिले २ मिनेटपछी पहिलो खेल खेलेका सर्जि ग्नाब्रीको गोलमा जर्मनिले आफ्नो अग्रता दोब्बर गरेको थियो । आर्सनल बाट आफुलाई स्थापित गर्न नसकेपछी यही सिजन न्युन सुल्कमा वेरडर ब्रेमन गएका २१ बर्षिय विङरको राम्रो फर्म अन्तर्राष्ट्रिय खेलमा पनि जारी रह्यो । त्यस्तै पहिलो हाल्फमा जोनास हेक्टरले गोल गर्दै जर्मनिले ३-० को सहज स्कोर बनायो ।
दोस्रो हाल्फमा ग्नाब्रीले थप दुइ गर्दै आफ्नो ह्याट्रीक पुरा गरे । दोस्रो हाल्फमा जोनास हेक्टर, केभिन भोलान्ड र माटिया स्टेफान्लिको आत्मघाती गोलले गर्दा जर्मनी ८-० को जित रच्दै ४ खेलमा १२ अंक बटुल्न सफल भयो । समुहमा लगातार ४ खेल हारेको सान मरिनो भने अन्तिम स्थानमा छ ।
त्यस्तै समुहको अन्य खेलमा चेक रिपब्लिकले नर्वेलाई २-१ ले हरायो भने नर्सर्द आयरल्याण्डले आजर्बैजानलाई ४-० ले पछी पार्यो ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]