default_image

8 years ago

November 11, 2016

कसले सम्हाल्ला नेपालको आक्रामण ?

77 views

0 Bookmark

दिपेन्द्र पोखरेल (हाम्रो खेलकुद)

पहिलो खेलमा फितलो आक्रमणका कारण गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा नवयुग, बिमल र भरतको गोलमा ब्रुनाइ माथी ३-० को जित रच्दै समुह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

striker

पहिलो खेलमा अन्जन र सुजललाई वाइड मिड्फिल्डको रुपमा प्रयोग गर्दै अग्रभागमा बिमल र नवयुगको साझेदारी परिक्षण गरेका प्रशिक्षक कोजिले दोस्रो खेलमा नवयुग र भरत खवासको जोडी प्रयोग गरेका थिए । बिमल घर्ती मगरलाई विङमा स्थान दिदै अन्जन बिस्टको ठाउमा भरत खवासलाई परिवर्तन गर्दा नेपालले ३ गोल गर्न सफल भएको थियो ।

दुबै विङमा र सेन्टर फर्वर्डको रुपमा खेल्न सक्ने बिमलले कोजिलाई थप बिकल्प दिन्छन । त्यस्तै नवयुग – भरतको जोडी जम्दा ब्रुनाइ बिरुद्ध ३ गोल गरेको टोलिमा कोजिले धेरै परिवर्तन नगर्ने अनुमान लगाउन सकिन्छ ।

आफ्नु क्षमता भन्दा केहि कम प्रदर्शन गर्दै गरेका सुजल श्रेष्ठ सुरुवाती ११ मा पर्ने ; या युवा ऊर्जाले भरिएका अन्जन बिस्ट कोजिको रोजाइमा पर्लान भन्ने दुविधा भोली खेलको दौरान मात्र समाधान हुनेछ । हुनत कोजिसङ अनुभवको रुपमा अनिल गुरुङ पनि विकल्प छन तर लयमा रहेका श्रेष्ठ र खवासलाई उछिन्दै पहिलो रोजाइमा पर्ने अनिलको सम्भावना कमै छ ।

घुडाको चोटका कारण पहिलो दुइ खेल खेल्ने अवसर गुमाएका बिशाल राइले सेट रहेको टोलिमा सोझै अवसर नपाउनलान तर लाओस बिरुद्ध अघिल्लो भेटमा गोल गरेका बिशाल राइको आत्मविश्वास प्रशिक्षक कोजिका लागी थप लाभदायक हुन सक्छ ।

December 23, 2024

युनाइटेडको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शनले आइतवार पनि निरन्तरता पाएको छ । घरेलु मैदानमा युनाइटेड बर्नमथसँग ३-० ले पराजित भएको हो । बर्नमथलाई जित दिलाउन डिन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । हुइजेनले २९ औं मिनेटमा गोल गरे। क्लुइवर्टले ६१ औं मिनेटमा पेनाल्टीमा गोल गरे। सेमेन्योले ६३ औं मिनेटमा […]

December 23, 2024

एट्लेटिको माथि दबाब बढाउँदै रियल

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतवार सेभिल्लालाई ४-२ ले हराउँदै शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि दबाब बढाएको छ। केलियन एम्बाप्पे, फेडरिको भालभार्डे र रोड्रिगोले गोल गरेपछि रियलले ३४ मिनेटमा ३-० को अग्रता बनायो।एमबाप्पेले १० औं मिनेटमा गोल गरे। ला लिगामा उनको त्यो १० औं गोल हो। भालभार्डेले २० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर […]

December 23, 2024

लिभरपुलसँग टोटनहमको हार

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा ४ अंकको स्पष्ट अग्रता लिएको‌ छ। लिभरपुलले आइतवार टोटेनहमलाई ६–३ गोलले हराएको हो । टोटेनहमको मैदानमा लिभरपुललाई सानदार जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले समान २ ,म्याक एलिस्टर र डोमिनिक सोबोस्लाईले समान १ गोल गरे। टोटेनहमका जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे । […]

Success

Thank you for your time.