default_image

3 years ago

September 26, 2021

युभेन्ट्सको लगातार दोस्रो जित

82 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले लगातार दोस्रो जित निकालेको छ । खेलमा पछि परेपनि दोस्रो हाफमा पुनरागमन गर्दै युभेन्टसले साम्पडोरियालाई ३–२ ले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा मोइस किन, फेडरिको किएजा र म्याथिस  डि लिग्टले गोल गरे । घरेलु टोलीका इमानयुयल क्वार्टसिन ग्यासी र जानिस एन्टिस्टेले गोल फर्काए । सुरुवाती चार खेलमा जित निकाल्न नसकेको युभेन्ट्सले पाँचौ चरणको खेलमा स्पेजियालाई हराएर जितको लयमा फर्किएको थियो । क्रिस्टियानो रोनाल्डोको प्रस्थानपछि टोली स्वभाविक लयमा प्रस्तुत हुन सकेको थिएन ।

स्टेडियो अल्बर्टाे पिक्को ला स्पेजियामा आइतबार साँझ भएको खेलमा युभेन्ट्सले खेलको २८औं मिनेटमा मोइस किनको गोलबाट अग्रता लिएको थियो । ३३औं मिनेटमा इमानयुयल क्वार्टसिन ग्यासीले गोल गर्दै खेलदलाई १–१ गोलको बराबरीमा ल्याए ।

४९औं मिनेटमा जानिस एन्टिस्टेले गोल गर्दै स्पेजियालाई २–१ को अग्रता दिलाए । ६६औं मिनेटमा किएजाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७२औं मिनेटमा डी लिग्टले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।

यस जितपछि युभेन्ट्स ६ खेलमा ८ अंक जोडर नवौं स्थानमा उक्लिएको छ । युभेन्ट्स शीर्षस्थानको एसी मिलानभन्दा ८ अंकले पछि छ । पराजित स्पेजिया ४ अंकसहित १७औं स्थानमा छ ।

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

September 27, 2024

टोटनहमको सहज जित

एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु […]

Success

Thank you for your time.