default_image

3 years ago

September 24, 2021

बार्सिलोनाले युवा मिडफिल्डर भित्र्यायो

120 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले टर्किस युवा युवा मिडफिल्डर एम्रे डेमिरलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले १७ वर्षीय युवा मिडफिल्डर डेमिरलाई टर्किस क्लब केसेरिसपोरबाट आधिकारिक रुपमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।

बार्सिलोनाले डेमिरलाई २ मिलियन युरोमा सन् २०२७ सम्म क्लबमा अनुबन्ध गरेको हो । उनको रिलिज क्लज ४०० मिलियन पाउन्ड राखिएको छ । अब उनी अर्काे सिजनदेखि बार्सिलोनाको ‘बी’ टोलीमा समावेश हुनेछन् ।

डेमिरले १५ वर्षको उमेरमा नै टर्किस सुपर लिगमा डेब्यु गरेका थिए । उनी टर्किस सुपर लिगको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

विशेष गरी बायाँ खुट्टामा क्षमता भएको डेमिर मिडफिल्डसँगै आक्रमणमा खेल्न सक्छन् । यसको अर्थ उनी प्लेमेकर हुन् । उनी डिफेन्समा झरेर रक्षापङ्तिमा पनि सहयोगन गर्न सक्छन् ।

डेमिरले केसेरिसपोरबाट २६ खेलमा एक गोल गरेका छन् । युवा मिडफिल्डर डेमिरले टर्कीको उमेर समूह यु–१४, यु–१५ र यु–१६ बाट खेलिसकेका छन् ।

December 19, 2024

अन्जनको ह्याट्रिकसँगै एनआरटी झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

Success

Thank you for your time.