default_image

3 years ago

September 23, 2021

चेल्सी र टोटेनहम प्रि–क्वाटरफाइनलमा, म्यानचेस्टर बाहिरियो

187 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी र टोटेनहम हटस्पर इंग्लिस फुटबल लिग (इएफएल) को प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा अर्काे प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तेस्रो चरणबाट बाहिरिएको छ ।

स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा घरेलु टोली चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई पेनालटी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा लम्बिएको थियो । पेनाल्टीमा चेल्सीका लागि रोमेलु लुकाकु, मासन माउन्ट, रोस बार्कले र रिस जेम्सले गोल गर्दा बेन चिलवेलले गोल गर्न सकेनन् ।

भिल्लाका अनवर इल घाँजी, इज्री कोन्सा र इमिलियानो बुएन्डियाले गोल गर्दा एस्ले योङ र मार्भेलोस नाकाम्भाले गोल गर्न सकेनन् । त्यसअघि ५४औं मिनेटमा टिमो वेर्नरको गोलबाट चेल्सीले अग्रता लिएको थियो । उनले रिस नेम्सको पासमा गोल गरेका थिए । ६४औं मिनेटमा क्यामरुन आर्चेरले माट्टी कासको पासमा बराबरी गोल फर्काएका थिए ।

यस्तै अर्काे खेलमा टोटेनहम हटस्परले पनि प्रिमियर लिग प्रतिद्धन्द्धी वल्भ्सलाई पेनाल्टी सुटआउटमै ३–२ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थन बनाउन सफल भयो । सुरुवाती दुई गोलको अग्रत जोगाउन नसक्दा खेल अतिरिक्त समय र पेनाल्टीमा लम्बिएको थियो ।

१४औं मिनेटमा टांगी एनडोम्वेले र २३औं मिनेटमा ह्यारी केनको गोलबाट टोटेनहमले २–० को अग्रता लिएको थियो । ३८औं मिनेटमा लिन्डर डेन्डनकर र ५८औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

पेनाल्टीमा टोटेनहमका ह्यारी केन, सर्जियो रिगुइलोन, ब्रायन गिलले गोल गर्दा पिएर इमिल होज्वजर्गले गोल गर्न सकेनन् । वल्भ्सका हि चान ह्वाङ र जोओ मौटिन्होले गोल गर्दा रुवेन नेभेस, लिन्डर डेन्डेनकर र कोनोर कोडीले गोल गर्न सकेनन् ।

अर्काे खेलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा प्रिमियर लिग प्रतिद्धन्द्धी वेस्ट ह्याम युनाइटेडसँग १–० ले पराजित हुदै तेस्रो चरणबाट बाहिरिएको छ । खेलको नवौं मिनेटमा म्यानुयल लान्जिनीको गोलमा वेस्ट ह्याम अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो ।

अन्य नतिजा
ब्राइटनविरुद्ध स्वान्सी (–०)
आर्सनलविरुद्ध विम्वलडन (–०)
मिलवालविरुद्ध लेस्टर सिटी (०–)

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.