default_image

10 years ago

September 14, 2015

प्याट्रिकको नजरमा पर्न सक्ने सम्भावित ५ खेलाडी

340 views

0 Bookmark

भाद्र २८,काठमाडौं ।

 नेपाली राष्ट्रिय लिग आज बाट पुन: सुचारु हुँदैछ| वैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण रोकिएको लिग फेरि सुरु भएको हो| प्रशिक्षक प्याट्रिक ओजेम्सलो लिग सुरुहुनु अगावै तिन दिन राष्ट्रिय टोलीको प्रशिक्षण लिएर खेलाडीहरुको खेलस्तर र खेलशैली केहि हदसम्म बुझिसकेका छन्| ओजेम्सले भारतविरुद्धको खेलका लागि परेका ३० खेलाडीहरु लिएर प्रशिक्षण गरेका थिए| लिगमा केही खेलाडी थप्ने विश्वास लिएको ओजेम्सले यसअघि नै बताइसकेका छन्| हाम्रो खेलकुद डट कमका दिपेश तिमल्सिनाले तयार पारेको सम्भावित ५ खेलाडीको नाम तल दिइएको छ|

१. विशाल राई ‘ए’ (झापा ११ फुटबल क्लब)

Bishal Rai A

 

जावलाखेल र मछिन्द्र जस्ता क्लबमा उत्कृष्ट प्रदर्शन गरिसकेका विशाल अहिले घरेलु क्लब झापा ११ बाट खेलिरहेका छन्| भिन्न प्रकारको कुद्ने शैली भएका विशाल एकदमै मिहिनेति छन्| स्ट्राइकरको पछाडी खेल्न रुचाउने विशाल फुटबलको नं१० को रोलका लागि एकदम ठिक खेलाडी हुन्| अहिलेको टोलीमा विशाल जस्तो खेलाडीको कमी भएकाले ओजेम्सले उनलाई बोलाउन सक्ने सम्भावना एकदम धेरै छ|

२.प्रकाश बुढाथोकि (थ्रि स्टार क्लब)

prakash budathoki

तेज गति, एकदमै राम्रो ड्रिब्लिङ, दुवै खुट्टा चलाउन सक्ने क्षमता र सेट पिसमा जहाँबाट पनि खतरा निम्त्याउन सक्ने क्षमता भएका खेलाडी हुन् प्रकाश| धरान निवासी प्रकाश यसअघि फ्रेन्डस क्लबबाट खेल्थे| यु२२ मा उनले गरेको गोल उनको बयान गर्न काफी छ| घरेलु लिगमा पनि राम्रो प्रदर्शन गर्ने उनि लगातार क्षमता अनुरुप प्रदर्शन गरेमा ओजेम्सको सुचिमा अवश्य अटाउनेछन्|

३. विशाल श्रेष्ठ (मनाङ मर्स्याङ्दि)

Bisal Shrestha

राष्ट्रिय टोलीमा प्रारम्भिक छनेटमा चार गोलरक्षक हुँदा पर्ने विशाल धेरै पटक अन्तिम तिनमा चुक्छन्| किरण चेम्जोङ, विकास मल्ल र रितेश थापा यसदौरान धेरैपटक छानिए र त्यसलगतै विकेश कुथुले विकाशको ठाउँ लिए| यसविचमा कुनेै समय विशाल टोलीमा परे पनि तर यसलाई निरन्तरता दिन भने उनि असफल रहे| ३० जनाको सुचिमा तिन गोलकिपर रहेको र त्यसमा रितेश घाइते भएकाले किरण र विकेशले मात्र प्रशिक्षण लिए| घरेलु लिगमा मनाङका लागि राम्रो प्रदर्शन गर्ने विशालले गतसाल हातको शल्यक्रिया गरेसंगै खेलबाट विश्राम लिएका थिए| लिग जित्ने धुनमा रहेको मनाङसंग राम्रो प्रदर्शन गरेको खण्डमा विशाललाई राष्ट्रिय टोलीको ढोका पुन: एकपटक खुल्नेछ|

४. टंक बस्नेत (आर्मी)

 

tanka basnet

शारिरक रुपले बलियो, तेज गति र विश्वस्तरिय क्रस फाल्न माहिर टंक आर्मी टोलीका अभिन्न पात्र हुन्| यसअघि राष्ट्रिय टोलीमा परिसकेका टंक त्यस बेलाका प्रशिक्षकहरुको खेलशैलिमा रिझ्न सकेनन्| बस्नेतको जस्तो खेल्ने शैलि भएको खेलाडीको अनुपस्थितिमा उनि टोलीमा पर्न सक्ने मौका एकदम प्रवल देखिन्छ| अहिलेको टोलीमा उस्तै शैलिका थुप्रै खेलाडी भएकाले नेपालले खेलदौरान आफ्नो शैली परिवर्तन गर्नु परेको खण्डमा असमर्थ भएको कुरा ओजेम्सले भारतविरुद्धको खेलपछि टिप्पणी गरेका थिए|

५. शिव श्रेष्ठ (मनाङ मर्स्याङ्दि)

 

Shiva Shrestha

एक मिडफिल्डरमा हुनु पर्ने सबै प्रकारको विशेषता शिव श्रेष्ठसंग रहेको छ| बक्स टु बक्स मिडफिल्डरको अभाव रहेको नेपाली फुटबलमा श्रेष्ठ राष्ट्रिय टोलीका लागि राजु तामाङको राम्रो विकल्प हुन्| उमेरसंगै खेलपनि ढल्किदैं गएको राजुलाई शिवले स्थानतरण गर्ने सक्ने कुरामा दुइमत छैन| मनाङको उप कप्तान समेत रहेका शिवले यसअघि प्रारम्भिक छनोटमा पर्दा चोटका कारण टोली छाड्नु परेको थियो|

अहिलेको टोलीमा रहेका सुशील श्रेष्ठ, विशाल राई बि, अनन्त तामाङ जस्ता खेलाडिहरुले भारत विरुद्धको प्रदर्शन जारी राख्नु एकदमै महत्वपुर्ण छ| टोलीमा एकैपटक ठुलो परिवर्तन देख्न मुस्किलले पाइन वा भनौं असम्भवनै हुने परम्परागत शैलीलाई चाहिएको खण्डमा प्रशिक्षक ओजेम्सले तोड्नुपर्ने अहिलेको मुख्य आवश्यकता देखिन्छ|

के प्याट्रिक राष्ट्र टोली समाल्न योग्य छन ?

छन्
छैनन्

April 18, 2025

आर्मी लुम्बिनी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । शुक्रबार बाँकेस्थित नेपालगंज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले हरायो । आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान १-१ गोल गरे । आर्मीलाई […]

April 18, 2025

बाँसबारी पाँचौं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी क्लब जित हात पार्न सफल भएको छ। च्यासल युथ क्लबलाई १-० ले हराउँदैबाँसबारी लिगको पाँचौं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको ३१ औं मिनेटमा बाँसबारीले च्यासल विरुद्ध अग्रता बनायो। सरोज दर्लामीले गोल गरे। यो गोलमा बाँसबारीले पहिलो हाफमा १-० को अग्रता बनायो। च्यासल दोस्रो […]

April 18, 2025

युरोपा लिगको सेमिफाइनल समीकरण पूरा

एजेन्सी – युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ। दुई इंग्लिस टोली म्यानचेस्टर युनाइटेड र टोननहमसहित एथलेटिक क्लब र बोडो ग्लिम्टअन्तिम चारमा पुगेका छन्। क्वाटरफाइनलको दोस्रो लेगमा बिहीवार  रेन्जर्सलाई २-० ले  हराउँदै स्पेनको एथलेटिक अघि बढेको हो। पहिलो लेगमा गोलरहित बराबरी भएको थियो। टोलीको जितमा ओइहान सान्सेट र निको विलियम्सले गोल गरे । बोडो ग्लिम्ट […]

Success

Thank you for your time.