3 years ago
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद)–इंग्लिस प्रिमियर लिग (इपिएल)को क्लब आर्सनलको नेपाली समर्थक समूह आर्सनल नेपालले सर्वसम्मत नेतृत्व चयन गरेको छ । आइतबार भएको सधारण सभाले नवीन चित्रकार अध्यक्षतसहित सञ्चालक समिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा निरोज खतिवडा, सचिवमा सविन श्रेष्ठ तथा कोषाध्यक्षमा इन्जल भट्टराई चुनिए । सदस्यमा निरज कटवाल, राकेश सापकोटा, सन्तोष पोखरेल, तोरणप्रसाद पण्डित, एलिना शाह ठकुरी र सरिता खड्गी निर्विरोध चयन भएका छन् । आर्सनल नेपाल आर्सनल क्लबबाट मान्यता पाएको आधिकारिक समूह हो ।
साउन २७ गते आर्सनल नेपालले १२औं वार्षिकोत्सवका अवसरमा ‘आर्सनल डे’ मनाएको थियो । नयाँ सञ्चालक समितिको आइतबार बसेको पहिलो बैठकले कार्यदिशा तय गरेको छ । काठमाडौं र पोखरामा मात्र सिमित रहेको आर्सनल नेपालले आगामी दिनमा आफ्ना गतिविधिलाई अन्यत्र जिल्लामा पनि बिस्तार गर्ने निर्णय गरेको छ ।
लोक गायक बद्री पंगेनीको प्रमुख अतिथि रहेको साधारणसभाको उद्घाटन सत्रमा आर्सनल नेपालले आधिकारिक सदस्यहरुलाई मायाको चिनो स्वरुप नेपाल एवं आर्सनल झल्काउने टिसर्ट तथा क्याप वितरण गरेको थियो। फुटबलमा रुची राख्ने गायक पंगेनी आर्सनल समर्थक हुन् । सोही अवसरमा उनलाई आर्सनल नेपालको मानार्थ सदस्यता पनि दिइएको थियो । अध्यक्ष नवीन चित्रकारले पंगेनीलाई आधिकारिक सदस्यता कार्डका साथै आर्सनल नेपालको आधिकारिक ‘मर्चेन्डाइज’ प्रदान गरे ।
अध्यक्ष चित्रकारले १२ वर्षको यात्रामा साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै आधिकारिक सदस्यता लिएका सबैलाई धन्यवाद तथा शुभकामना दिए । उनका अनुसार ४ हजारको हाराहारीमा साधारण सदस्य रहेको आर्सनल नेपालमा यसपटक ७ सय जनाले आधिकारिक सदस्यता लिएका छन् । सचिव श्रेष्ठले आर्सनल तथा आर्सनल नेपालप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद पनि दिए । उपाध्यक्ष निरोज खतिवडाले आर्सनल नेपालका गतिविधिहरुका बारेमा बताउँदै आगामी कार्यक्रमका विषयमा जानकारी दिए ।
January 19, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुल इंग्लिस प्रिमियर लिगको अंक तालिकामा थप मजबुत भएको छ। इन्ज्युरी समयमा २ गोल गर्दै लिभरपुलले शनिवार ब्रेन्टफोर्डलाई २-० ले हरायो। अर्को खेलमा २-० को अग्रता जोगाउन नसकेपछि आर्सनलले एस्टन भिल्लासँग २-२ को बराबरी खेलेको छ। ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि दुवैको डार्विन नुनेजले गरे। उनले इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा गोल […]
January 19, 2025
एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगामा रेलिगेसन जोन नजिकको गेटाफेसँग बराबरीमा रोकिएको छ । बार्सिलोना शनिवार गेटाफेसँग १-१ को बराबरीमा रोकिएको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि काउन्डेले गोल गरे । गरटाफेका मौरो अराम्बारीले गोल गरे । खेलमा अग्रता बार्सिलोनाले लियो । नवौं मिनेटमा काउन्डेले गोल गरे। ३४औं मिनेटमा गेटाफेका अराम्बारीले गोल […]
January 18, 2025
सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]