default_image

3 years ago

September 19, 2021

राष्ट्रिय टोलीको मैत्रीपूर्ण खेलमा विमल र साम्बा दर्शक

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका स्टार फरवार्डद्वय सावित्रा भण्डारी सम्बा र विमल घर्ती मगर यतिबेला कतारमा छन् ।

दुवै फुटबलका लागि नभई उचारका लागि त्यहाँ पुगेका हुन् । विमल गत वर्ष र सावित्रा असारमा त्यहाँ पुगेका हुन् । उनीहरुको कतारस्थित एउटै अस्पतालमा उपचार भएको थियो ।

राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान विमल गत पुस ३ गते घाइते भएका थिए । सावित्रा भने विमलको शल्यक्रियाको केहि दिन अघि फागुन ३ गते एपिएफबाट राष्ट्रिय महिला लिग खेल्ने क्रममा घाइते भएकी थिइन् । दुवैको घुँडामा चोट लागेको थियो । विमलको फागुन २५ गते घुँडाको शल्यक्रिया भएको थियो ।

कोरोना महामारीका कारण सावित्रा चोट लागेको ५ महिनापछि कतार पुगेकी थिइन् । असार ३१ गते सावित्राको दायाँ घुँडाको शल्यक्रिया भएको थियो । विमल अब केहि समयपछि मैदान फर्कने तयारीमा छन् भने सावित्रालाई मैदान फर्कन अझै ८ महिना लाग्न सक्ने अनुमान छ । दुवैले आफ्नो उपचार रिकभरी सोचे भन्दा राम्रो भइरहेको बताएका थिए ।

उनीहरु कतारमै भएका बेला राष्ट्रिय फुटबल टोली पनि त्यहि पुगेको छ । राष्ट्रिय टोली माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि कतार पुगेको हो । दुई साता त्यहाँ प्रशिक्षण गरेपछि टोली असोज ११ गते माल्दिभ्स पुग्नेछ ।

राष्ट्रिय टोलीले शनिबार दोहामा स्थानीय अल बिदा स्पोर्टस क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यहि खेल हेर्न विमल र सावित्रा पनि पुगेका थिए । अधिकांश खेलाडीलाई मौका दिइएको खेलमा अन्जन विष्ट र अनन्त तामाङले गोल गर्दा नेपाली टोली २–० ले विजयी भएको थियो ।

टोलीसँग धेरै पछि भेट्दा खुसी लागेको विमलले बताएका छन् । ‘टिमबाट टाढा हुँदा झन बढी मिस हुने । कहिले मैदान फर्कौ जस्तो हुन्छ, रिह्याबको अन्तिम चरणमा रहेका विमलले भने,‘ टोली विगतमा भन्दा बलियो र स्पिडी भएको महसुस गरे । टोलीको खेल हेर्दा उत्साहित भए ।’

नेपालले साफमा साविक विजेता समेत रहेको माल्दिभ्ससँग असोज १५ गते खेल्दै नेपालले च्याम्पिनसिपको सुरुवात गर्नेछ । पछिल्लो पटक सन् २०१८ मा भएको साफ च्याम्पिनसिपका महत्वपूर्ण सदस्य मध्ये विमल थिए । त्यति विमल उच्च फर्ममा थिए । समूह चरणमा उनले २ गोल पनि गरेका थिए । यद्दपी नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हुँदै फेरि एकपटक फाइनल पुग्नबाट बञ्चित भएको थियो । यसपटक विमल टोलीमा छैनन् । तयारीकै लागि कतारमा रहेका बेला विमलले टोलीसँग केहि समय बिताउने मौका पाए ।

कतार जानुअघि नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपाल र भारतबीच भदौ १७ गते भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।

यसपटक साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच असोज २४ गते खेल हुनेछ । नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको यसपटकको च्याम्पियनसिप राउन्ड रोविनका आधारमा हुनेछ । शीर्ष २ टोलीले असोज ३० गते फाइनल खेल्नेछन् ।

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

September 27, 2024

टोटनहमको सहज जित

एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु […]

Success

Thank you for your time.