default_image

3 years ago

September 16, 2021

इन्टर मिलानमाथि रियल म्याड्रिडको जित

97 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर सब्सिच्युट ब्राजिली युवा विंगर रोड्रिगोले गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो राउन्डको खेलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

रियलले घरेलु टोली इन्टरलाई १–० ले पराजित गरेको हो । बराबरीतर्फ धकेलिएको खेलको ८९औं मिनेटमा रोड्रिगोले विजयी गोल गरेका थिए ।मिलानो इटालीमा बुधबार राति भएको खेलको नवौं मिनेटमा इडेन जेकोको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले बचाउँदा इन्टर अग्रता लिनबाट चुक्यो । लगत्तै कर्नरमा हकान चलहानोग्लुको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

१४औं मिनेटमा क्यासमिरोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई इन्टरका गोलरक्षक हान्डानोभिकले सहजै नियन्त्रणमा लिए । १९औं मिनेटमा इभान पेरिसिसको काउन्टर अट्याक पासमा लोउटारो मार्टिनेजजको हेडरलाई कोर्टुवाले नियन्त्रणमा लिए । २७औं मिनेटमा लुका मोड्रिचको पासलाई कप्तान करिम बेन्जेमाले सदुपयोग गर्न नसक्दा रियल अग्रता लिनबाट चुक्यो ।

३६औं मिनेटमा लुका मोड्रिचको कर्नरमा इडर मिलिसाओले ६ यार्ड बक्समा अवसर पाएपनि सदुपयोग गर्न सकेन । लगत्तै काउन्टर अट्याकमा मार्सेलो ब्रोजोभिकको क्रसलाई मिलिसाओले ब्लक गरे । पुनः निकोलो बरेल्लाको क्रसमा मार्टिनेजको हेडर सदुपयोग हुन सकेन । ४३औं मिनेटमा इभान पेरिसिसको पासमा जेकोको प्रहारलाई कोर्टुवाले सहजै नियन्त्रणमा लिए ।

५२औं मिनेटमा क्यासमिरो र लुका मोड्रिचको समन्वयमा बनेको मुभमा फेडे भाल्भेर्डेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ५४औं मिनेटमा इडेन जेकोको कर्नरमा चलहानोग्लुको हेडरलाई गोलरक्षक कोटुैवाले विफल पारे । ५७औं मिनेटमा डिमार्काेको गल्तीमा करिम बेन्जेमाको पासमा ड्यानी कार्भाजलको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो ।

८७औं मिनेटमा रोड्रिगो हुदै बेन्जेमाबाट आएको पासमा भिनिसियस जुनियरको प्रहारलाई मिलान स्क्रिनिएरले ब्लक गरे । ८९औं मिनेटमा सब्सिच्युट रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । रोड्रिगोको कटब्याकमा अर्का सब्सिच्यट इडुआर्डाे कामाभिंगासँगको समन्वयमा रोड्रिगोले गोल गर्न सफल भएका थिए । रोड्रिगो ६५औं मिनेटमा लुकास भास्क्वेजको स्थनमा तथा कामाभिंगा ८०औं मिनेटमा लुका मोड्रिचको स्थानमा मैदान छिरेका थिए ।

यही समूह ‘डी’ को अर्काे खेलमा मोल्दोभाको एफसी सेरिफले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले पराजित गरेको छ । पहिलोपटक च्याम्पियन्स लिग खेलिरहेको सेरिफको जितमा एडमा ट्राओरे र मोमो यान्सेनले गोल गरे । सेरिफले दुवै हाफमा गोल गरेको थियो ।

यो नतिजापछि सेरिफ ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि रियल दोस्रो स्थानमा रहेको छ । इन्टर साख्तरले अंकको खाता खोलेका छैनन् ।

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

Success

Thank you for your time.