default_image

3 years ago

September 15, 2021

केल्मी र एनआरटीबीच सम्झौता

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र खेलकुद सामाग्री कम्पनी केल्मीबीच सम्झौता भएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित एनआरटीको कार्यालयमा दुई संस्थाबीच चार वर्षका लागि सम्झौता भएको छ ‌। सम्झौता पत्रमा एनआरटीका अध्यक्ष सुन्दरनरसिं जोशी र केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङका निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे ।

केल्मीले एनआरटीको फुटबल टोलीलाई आवश्यक सामाग्री प्रदान गर्नेछ । पाँच पटकको लिग च्याम्पियन एनआरटीले वर्षभर केल्मीकै सामाग्री प्रयोग गर्नेछ ।

केल्मीका निर्देशक न्यौपानेले नेपाली फुटबलमा लामो इतिहास बोकेको क्लबसँग सहकार्य गर्न पाउँदा गर्व महसुस गरेको बताए । उनले यो सम्झौतासँगै एनआरटीको नयाँ इतिहास लेख्दा साथ हुने विश्वास व्यक्त गरे ।

क्लबका अध्यक्ष जोशीले क्लबले अब आक्रामक रुपमा फुटबलमा सहभागि हुने निर्णय लिएको बताए । व्यावसायिक रुपमा क्लबले अघि बढ्न यस्तो सम्झौताले सहयोग पुग्ने जानकारी दिए ।

एनआरटीले नयाँ सिजनका लागि टोली निर्माण सुरु गरिसकेको छ । नेपाल सुपर लिगमा सर्वोत्कृष्ट घोषित मेसुके अ‍ोलोमोउ पनि क्लबमा आबद्ध भएका छन् । क्लबले कीर्तिपुरस्थित ल्याब स्कुलमा एकेडमी स्थापनासँगै प्रशिक्षण मैदान तयार गर्दैछ ।

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

Success

Thank you for your time.