default_image

3 years ago

September 11, 2021

थ्री स्टारले युवा मिडफिल्डर लाकेन भित्र्यायो

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको लोकप्रिय र चर्चित ललितपुरको रुस्लान थ्री स्टारले आसन्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगलाई लक्षित गर्दै खेलाडी अनुबन्धलाई निरन्तरता दिदा युवा मिडफिल्डर लाकेन लिम्बुलाई क्लबमा भित्र्याएको छ ।

थ्री स्टारले सिंगापुरमा हुर्किएका १९ वर्षीय मिडफिल्डर लाकेनलाई लामो समयको लागि क्लबमा अनुबन्ध गरेको जनाएको छ । थ्री स्टारले लिएको ट्रायलमा राम्रो छाप छोडेपछि उनी पहिलोपटक शीर्ष डिभिजनको क्लबमा अनुबन्धित भएका हुन् ।

सिंगापुरमा जन्मिएका लाकेन १२ वर्षको उमेरमा सिंगापुरको एफ–१७ फुटबल एकेडेमीमा जोडिएका थिए । त्यहाँ उनले तीन वर्ष बिताएपछि उनी एनजेडए (एन्जा) सकर एकेडेमीमा आबद्ध भएका थिए । त्यहाँ उनले तीन वर्ष आफ्नो खेल कला निखारे ।

एकेडेमीमा रहँदा उनले स्वीडेन, मलेसिया र स्पेन लगायतका देशमा उमेर समूहको प्रतियोगितामा खेल्ने अवसर पाएका थिए । नेपालमा उनले धरानको फोकस–१६ क्लबबाट मोसफलका केही गोल्डकप खेलेका थिए ।

थ्री स्टारसँगको सम्झौतापछि लाकेनले ‘ए’ डिभिजन लिगका लागि आफु उत्साहित रहेको बताए । ‘जब मैले फुटबल खेल्न थाले । त्यसबेला देखि नै नेपाल आएर क्लब फुटबल खेल्ने योजना बुनेको थिए । कोभिड महामारी भन्दा अघि नै हामी नेपाल आएका थियौ ।’ लाकेनले भने, ‘महामारीको कारण केही मोफसलको प्रतियोगिताबाहेक खेल्ने अवसर पाएको छैन । प्रतिष्ठित क्लब थ्री स्टारबाट ‘ए’ लिग खेल्नका लागि उत्साहित छु र क्लबका लागि उत्कृष्ट खेल्नेछु ।’

थ्री स्टारले यसअघि कप्तान विक्रम लामा, उपकप्तान अनन्त तामाङ, सन्जोक राई, निशान खड्का, मनग्य नकर्मी, सुसान श्रेष्ठ, मिक्चेन तामाङ र निशान खड्काको सम्झौता नविकरण गर्दा नयाँ खेलाडीको रुपमा डोना थापा, आयुष घलान, राफयल रिमगागो र गोलरक्षक रोशन गुरुङलाई अनुबन्ध गरिसकेको छ । ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट सुरु हुदैछ ।

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

February 3, 2025

एपिएफ ‘बी’ र पुलिस स्कुलको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]

February 3, 2025

सनिशलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मान गरिने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका […]

Success

Thank you for your time.