default_image

8 years ago

November 10, 2016

‘नेपाल उपाधि भिडन्तको लागि तयार’ – प्रशिक्षक कोजी

142 views

0 Bookmark

कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत लाओससंग सेमिफाइनल खेल खेल्नु अगाडी नेपाली टोलि उपाधिको लागि फाइनल पुग्नेमा आफु विश्वस्त रहेको प्रशिक्षक ग्योतोकु कोजिले बताएका छन्।

coach-gytotku-koji

आज मलेसियामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कोजिले नेपाल फाइनल पुग्न तयार रहेको अभिव्यक्ति दिएका हुन्। “लाओस राम्रो टोलि हो, हामीले केहि महिनाअघी मात्र लाओस संग मैत्रीपूर्ण खेलमा बराबरी खेलेका हौँ। तर, हाम्रो टोलि अहिले थप निखारिएको छ र हामी जितको लक्ष्य लिएर मैदानमा उत्रनेछौ।”, उनले थपे।

कोजिले नेपाललाई एक दिन बढी विश्राम हुनु पनि फाइदाजनक रहेको बताए। पानि परेको खण्डमा भने खेल खेल्न केहि कठिनाई हुने उनले बताए। “लाओस अहिलेको वातावारणमा घुलमिल भएको टोलि हो र उनीहरुलाई यहाँ खेल्न केहि सहज भने हुनेछ। सकेसम्म पानी नपरोस भन्ने हाम्रो चाह हो”, कोजीले भने।

नेपालले शनिबार दिउसो नेपाली समयानुसार दिनको २:१५मा लाओस विरुद्ध सेमिफाइनल खेल खेल्दैछ। खेलको प्रतक्ष्य प्रशारण हाम्रो खेलकुदको फेसबुक पेजमा हुनेछ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.