8 years ago
November 9, 2016
मलेशिया (हाम्रो खेलकुद)
ए एफ सि सोलिडारिटी कपमा समुह ‘ए’ को बिजेता हुँदै सेमिफाइनल प्रवेश गरेको नेपालले अन्तिम ४ मा लाओसको सामना गर्ने भएको छ ।
आज सम्पन्न खेलमा मङोलियालाई ३-० ले हराउदै समुह ‘बि’ मा दोस्रो हुन सफल लाओसले सेमिफाइनलमा नेपालसङ भिड्ने भएको हो । समुह ‘बि’ को बिजेता मकाउले भने ब्रुनाइको सामना गर्ने छ ।
यसघी नेपालले गत मे महिनामा लाओससङ मैत्रीपुर्ण खेल खेल्दा उसको घरुले मैदानमा आफ्नो अग्रता गुमाएर १-१ को बराबरी खेलेको थियो । यस प्रातियोगितामा चोटका कारण बाहिर रहेका बिशाल राइले त्यस खेलमा गोल गरेका थिए । बिशाल १२ तारिकमा हुने सेमिफाइनल खेलमा भने फिट हुन संभावना छ ।
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]