4 years ago
September 7, 2021
एजेन्सी – विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया भएको छ । उनको सोमबार राति ट्युमर हटाउन गरिएको शल्यक्रिया सफल भएको हो ।
लेजेन्ड पेलेले आफ्नो कोलोनबाट ट्युमर हटाउन गरिएको सफल शल्यक्रिया भएको पुष्टि गरेका छन् । तीन पटकको विश्व च्याम्पियन पेलेले उनी नियमित स्वास्थ्य परिक्षणका लागि गत ३१ अगस्टदेखि नै साओपाउलोस्थित अल्वर्ट आइन्सटाइन अस्पतालमा रहँदा ट्युमर पत्ता लागेको थियो ।
८० वर्षीय पेले आफ्नो स्वास्थलाभको बारेमा आशावादी छन् र यस प्रक्रियाको क्रममा उनी आफ्नो अनुहारमा मुस्कान राख्ने बताउछन् । पेलेले आफ्नो इन्स्टाग्रामको एक पोस्टमा उनको प्रसिद्ध पहेँलो ब्राजिलको जर्सी लगाएको तस्विरसँगै आफु स्वास्थलाभ गरिरहेको पुष्टि गरेका छन् ।
पछिल्लो शनिबार मैले दाहिने कोलोनमा एक शंकास्पद घाउ हटाउन शल्यक्रिया गरे ।’ पेलेले लेखे, ‘ट्युमर मैले गत हप्ता उल्लेख गरेको परिक्षणको क्रममा पत्ता लागेको थियो । म यो जित मनाउन सक्नेमा आशावादी छु । म मेरो अनुहारमा एक मुस्कान ल्याृन धेरै आशावाद र मेरो परिवार र साथीहरुको मायाले घेरिलएको जीवनको लागि खुशीसँग यो रोगको लागि जितको सामना गर्नेछु ।’
पेलेलाई आफु बेहोशी अवस्थामा अस्पताल पुगेको घट्ना निराधार रहेको बताए । ‘साथीहरु बेहोशी अवस्थामा अस्पताल गएको हाइन । म धेरै राम्रो अवस्थामा छु । म नियमित परिक्षणको लागि अस्पताल गएको थियो । जुन म महामारीको बेला पहिलो गर्न सक्दिन थिए ।’ पेलेले पोस्ट गरे ।
पेले आफ्नो समयको सर्वकालीन हस्ती हुन् । उनले एक दशकभन्दा बढी व्यवसायिक खेल करियरमा क्लब राष्ट्र र विश्वस्तरमा आफ्नो उत्कृष्टता हासिल गरेका छन् । उनले क्लब र राष्ट्रबाट १२ सय भ्नदा बढी गोल गरेका छन् । उनले ब्राजिली क्लब सान्तोषको लागि सर्वाधिक गोल गरेका छन् ।
सन् १९५८, १९६२ र १९७० को विश्व च्याम्पियन पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]