default_image

8 years ago

November 9, 2016

सोलिडरिटी कप: आज लाओस र मंगोलिया भिड्दै

94 views

0 Bookmark

कुचिङ (हाम्रो खेलकुद)- आज हुने सोलिडरीटी कपको खेलमा लाओस र मंगोलिया भिड्दै छन । आजको खेलमा मंगोलियाले ड्र मात्र खेलेपनी अर्को चरणमा पुग्न पर्याप्त हुनेछ र नेपालको सामना गर्ने छ । अर्को चरणमा प्रवेशको लागि लाओसलाई स्पष्ट जितको खाचो छ । यस समुह “बि’ बाट मकाउ ग्रुप बिजेता हुँदै अर्को चरणमा प्रवेश गरिसकेको छ र सेमी फाईनलमा ब्रुनाईसँग खेल्ने छ ।

laos-vs-mangolia

यो खेल पुर्व एएफसीले लाओसको ४ खेलाडिलाई खेल मिलेमतोको आशंकामा प्रतिबन्ध गरेको छ । प्रतिबन्धित हुनेमा गोल किपर, कप्तान र दुई डिफेन्डर रहेका छन । प्रतिबन्धित हुने मध्य एक डिफेन्डरले पहिलो खेलमा आत्माघाती गोल गरेका थिए ।

यस खेलबाट आफ्नो सेमिफाइनलको प्रतिद्वन्द्री पक्का हुने भएकोले नेपाली खेलाडी र अफिसियल ५:१५बाट सुरु हुने खेल हेर्न रङशालातर्फ जाँदैछन ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.