3 years ago
September 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङदी क्लबका डिफेन्डर कोरा लार्वा कोने फ्लोरेन्ट ललितपुरको जावलाखेल युथ क्लबमा अनुबन्धित भएका छन् ।
जावलाखेलले आगामी सिजनको लागि घरेलु नेपाली फुटबलको परिचित बुर्किनो फासोका फ्लोरेन्टलाई क्लबमा अनुबन्ध गरेको हो । उनको सम्झौता रकम खुलाइएको छैन ।
उनले २०७६ को ‘ए’ डिभिजन लिगसँगै मोफसलका विभिन्न गोल्डकप मनाङबाटै खेलेका थिए । त्यसअघि फ्लोरेन्टले २०७५ को लिग च्यासल युथ क्लबबाट खेलेका थिए । उनले संकटासँगै भुटानको पारो एफसीबाट पनि अनुभव बटुलेका छन् ।
उनले गत जेठमा सम्पन्न भएको नेपालको पहिलो फ्रेन्चाइज लिग खुकुरी नेपाल सुपर (एनएसएल) काठमाडौं रेजर्सबाट खेलेका थिए । काठमाडौं रेजर्स एनएसएल च्याम्पियन बन्दा उनको प्रदर्शन उच्च रहेको थियो ।
जावलाखेलले गत सिजन लिग खेलेका अधिकांश खेलाडीलाई टोलीमा निरन्तरता दिने योजना बनाएको छ । यसअघि क्लबले अमिर श्रेष्ठलाई क्लबमा अनुबन्ध गरिसकेको छ ।
‘ए’ डिभिजन लिग आगमी २९ कात्तिकबाट हुने तालिका छ । ‘ए’ डिभिजन क्लबहरु अहिले खेलाडी अनुबन्धमा सक्रिय रुपमा लागिपरेका छन् ।
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]