default_image

4 years ago

September 6, 2021

प्रशिक्षक अलमुताइरी कतार प्रस्थान

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी सोमबार कतारतर्फ प्रस्थान गरेका छन् । भारतसँगको दुई मैत्रीपूर्ण खेल लगत्तै अलमुताइरी कतार लागेका हुन् । आइतबार भएको दोस्रो खेलमा भारतले नेपाललाई २–१ ले हराएको थियो भने बिहीबारको पहिलो खेल १–१ को बराबरी खेलेको थियो ।

नेपाली टोलीले साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा गर्ने भएकोले त्यसको लागि अलमुताइरी अगाडि नै त्यसतर्फ गएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । अलमुताइरीले त्यहाँ मैत्रीपूर्ण खेलका लागि समेत पहल गर्ने बताइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल संघसँग विगतमा सहकार्य गर्ने सम्झौता भएअनुसार नेपाली टोलीको प्रशिक्षक कतारमा हुन लागेको उपाध्यायले बताए । कतार फुटबल संघकै सहयोगमा प्रो लाइसेन्स प्राप्त कुवेती अलमुताइरीले चैतमा नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

२४ सदस्यीय खेलाडीसहित राष्ट्रिय टोली शुक्रबार कतार प्रस्थान गर्नेछ । इन्डोनेसियामा रहेका रक्षक रोहित चन्द भने उतैबाट कतारमा टोलीमा सामेल हुने बताइएको छ । त्यहाँ दुई साता भन्दा लामो अभ्यासपछि टोली असोज ११ गते कतारबाट माल्दिभ्स जानेछ । माल्दिभ्समा असोज १५ गतेबाट साफ च्याम्पियनसिप आयोजना हुँदैछ ।

साविक विजेता समेत रहेको माल्दिभ्ससँग खेल्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपाल, माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेशले मात्र यसपटकको साफ च्याम्पियनसिपमा भाग लिनेछन् । राउन्ड रोविन लिगका आधारमा शीर्ष दुई टोलीले असोज ३० गते फाइनल खेल्नेछन् । नेपाल र भारतबीच असोज २४ गते खेल हुनेछ । नेपाल अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन ।
अलमुताइरीको नेतृत्वमा राष्ट्रिय टोलीले विश्व कप छनोटका ३ खेल र ३ मैत्रीपूर्ण खेल खेलेको छ । विश्व कप छनोटमा नेपालले चाइनिज ताइपेलाई २–० ले हराएको थियो भने अष्ट्रेलिया र जोर्डनसँग समान ३–० ले पराजित भएको थियो । त्यस्तै उनको नेतृत्वमा नेपालले इराक ६–२ र भारतसँगको मैत्रीपूर्ण खेल २–१ ले गुमाएको थियो भने भारतसँगको अर्को खेलमा १–१ को बराबरी खेलेको थियो ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.