default_image

3 years ago

September 6, 2021

स्पेन र बेल्जियमको सानदार जित

71 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा स्पेन र बेल्जियममा सानदार जित दर्ता गरेका छन् । स्पेनले घरेलु मैदानमा आइतबार राति भएको खेलमा जर्जियामाथि ४–० को फराकिलो जित निकालेको हो ।

स्पेनको जितमा जोश गाया, कार्लाेस सोलेर, फेरान टोरेस र पाब्लो सारावियाले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल भएको थियो । गोलको वर्षा भएको खेलमा स्पेनको खेलको १४औं मिनेटमा जोश गायाको गोलबाट गोलको खाता खोलेको थियो ।

२५औं मिनेटमा कार्लाेस सोलेरले मार्काेस लोरेन्टेको पासमा गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे । उनले स्पेनको लागि दोस्रो खेलमा दोस्रो गोल गरेका हुन् । ३३औं मिनेटमा जोश गायाले गोल गरेपनि भिएआरमा उनी अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ४१औं मिनेटमा फेरान टोरेसले लोरेन्टेकै पासमा गोल गरेपछि स्पेनले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो ।

६३औं मिनेटमा पाब्लो सारावियाले पाब्लो फोनाल्सको पासा गोल गर्दै स्पेनलाई ४–० को फराकिलो जित दिलाए । इन्ज्युरी समयमा पाब्लो सारावियाले गोल गरेपनि पनि भिएआरमा अफसाइड ठहरिए ।

यो जितपछि समूह ‘बी’ मा स्पेन ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । ३ खेल खेलेको स्वीडेन ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित जर्जिया १ अंकसहित पुछारमा छ । यही समूहको अर्काे खेलमा कोसोभो र ग्रीसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

यस्तै समूह ‘ई’ को खेलमा बेल्जियमले चेक रिपब्लिकलाई ३–० ले पराजित गरेको छ । बेल्जियमको जितमा रोमेलु लुकाकु, इडेन हाजार्ड र एलेक्सिस सइलीमेकर्सले समान एक गोल गरे ।

जितपछि बेल्जियम ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित चेक ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

July 1, 2024

फ्रान्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – बेल्जियमलाई हराउँदै फ्रान्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाती गोलको मद्दतमा १-० को जित दर्ता गर्दै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो । खेलको एकमात्र गोल ८५औं मिनेटमा आत्मघाती गोलको रूपमा आएको थियो । रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको […]

July 1, 2024

एन्फा यु-१८ लिग असार अन्तिमबाट

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यू–१८ युवा लिग असार अन्तिमदेखि सुरु हुने भएको छ । एन्फाले सोमबार सामाजिक संजालको माध्यमबाट यु-१८ लिग असार ३० (जुलाई १४) बाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने घोषणा गरेको हो । युवा लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय क्लबहरुसँगको पटक–पटक छलफलपछि भएको एन्फाले जनाएको छ । एन्फाले प्रतियोगिताको सहभागिता, मिति […]

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

Success

Thank you for your time.