3 years ago
September 6, 2021
एजेन्सी – अर्जेन्टिना र ब्राजिलबीच फिफा विश्वकप २०२२ कतारको छनोट अन्तर्गत ब्राजिलमा सुरु भएको खेल अक्समात रोकिएको छ । कोरोना मापदण्ड तोडेर अर्जेन्टिनाका केहि खेलाडी ब्राजिल पसेको भन्दै ब्राजिलको स्वास्थ्य निकाय एन्भिसाले खेल रोकेको हो ।
खेलको सातौं मिनेटमा ब्राजिलको एन्भिसाका प्रतिनिधि मैदानभित्र नै प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनी खेलाडीलाई समाउन खोजेपछि रेफ्रीले पनि खेल रोकेका थिए । केहीबेर दुवै टोलीका खेलाडीले सल्लाह गरेपनि एकछिनमा अर्जेन्टिनी टोली मैदान छोड्दै बाहिरिएको थियो । त्यसको केहिबेरमा रेफ्री टोली पनि मैदान छोड्दै भित्र पसेको थियो ।
यसबीचमा ब्राजिलका खेलाडी र अफिसियल भने एन्भिसा प्रतिनिधिसँग छलफलमा रहेका थिए । अर्जेन्टिनाको टोलीमा इंग्लिस प्रिमियर लिग खेल्ने ४ खेलाडी रहेको र ब्राजिल प्रवेश गर्न बेलायतबाट आउने जोकोहीले १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ । एन्भिसाले भने अर्जेन्टिनाका ती खेलाडीले नियम तोडेकाले डिपोर्ट (देश निकाला) गर्नुपर्ने बताएको थियो ।
एस्टन भिल्लाका एमिलियानो मार्टिनेज र एमिलियानो बुएन्डिया तथा टोटेनहम हट्स्परका क्रिस्टियन रोमेरो र जिओभानी लो सेल्सो टोलीमा रहेका छन् । मार्टिनेज, रोमेरो र लो सेल्सोले अर्जेन्टिनाको सुरुवाती रोजाइमा नै खेलिरहेका कारण पनि एन्भिसाले खेल रोक्न भनेको हो । आफ्नो ट्वीटरमार्फत एन्भिसाले यी खेलाडीले नियम तोडेको र तुरुन्त देश छाड्नुपर्ने बताएको छ ।
ब्राजिलका खेलाडीले मैदान छाडेका छैनन् । यता अर्जेन्टिनाले भने सामाजिक संजालमार्फत खेल रोकिएको जनाएको छ । औपचारिक रुपमा भने स्वास्थ्य मापदण्ड पालना नगरेका कारण खेल स्थगित भएको जनाइएको छ । खेल कसरि सुचारु गर्ने भन्नेबारे छलफल भइरहेको बुझिएको छ ।
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ। नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो। जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स […]
October 29, 2024
एजेन्सी – स्पेनिस मिडफिल्डर रोड्रीले विश्व फुटबलको सबैभन्दा ठूलो मानिने अवार्ड बालोन डी’ओर जितेका छन्। म्यानचेस्टर सिटीलाई चौथोपल्ट प्रिमियर लिग जिताउन सहयोग गरेका २८ वर्षीय रोड्रीले पहिलो पटक यो अवार्ड जितेका हुन् । रोड्री सन् २०१९ यता इङ्ग्लिस क्लब सिटीमा अनुबन्ध छन् । रोड्रीले स्पेनलाई युरोकप २०२४ जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। गत महिना […]
October 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को बुधवार हुने नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विक्रीमा (अखिल नेपाल फुटबल संघ) एन्फाले रोक लगाएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.लाई कुनै पनि माध्यमबाट टिकट विक्री नगर्न/नगराउन भनिएको छ । साथै एन्फाले दर्शकहरूलाई पनि टिकट […]