default_image

3 years ago

September 6, 2021

तेजको तेजिलो पुनरागमन

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चोटका कारण प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको सुरुवाती टोलीमा पर्न नसकेका मिडफिल्डर तेज तामाङले सम्झनालायक पुनरागमन गरेका छन् ।

चैतमा स्वदेशमा भएको थ्री नेसन्स कपमा उत्कृष्ट प्रदर्शन गरेका तेज त्यसपछि विश्वकप छनोटको टोलीमा भने अटाएका थिएनन् । दशरथ रंगशालामा भएको थ्री नेसन्समा बंगलादेशलाई पराजित गर्दै नेपालले उपाधि जितेको थियो । लगत्तै नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका तेज त्यस दौरान चोटग्रस्त बनेका थिए । जसका कारण जेठमा विश्व कप छनोटका ३ खेल र इराकसँगको मैत्रीपूर्ण खेलमा तेज टोलीबाट बाहिर रहे ।

पछिल्लो पटक साफ च्याम्पियनसिपको तयारीका लागि घोषणा गरिएको टोलीमा भने तेज प्रारम्भिक छनोटमा परे । प्रशिक्षक अलमुताइरीसँग पहिलो पटक प्रशिक्षण गरेका तेजले भारतविरुद्ध दुवै खेलमा सुरुवाती रोजाइमा खेले । तेज नेपाली टोलीको केन्द्रमा पनि रहे । दुवै मैत्रीपूर्ण खेलमा नेपाली टोलीबाट उच्च प्रदर्शन गर्नेमा तेज नै चुनिए । दुवै खेलमा उनले २५-२५ हजार रुपैयाँ प्राप्त गरे ।

अलमुताइरीले तेजलाई विगतमा खेलेको भन्दा केहि फरक भूमिकामा खेलाएका थिए । लामो समयदेखि रक्षात्मक मिडफिल्डको भूमिकामा रहेका तेजले यसपटक केहि आक्रमण बन्दै बक्स टु बक्स मिडफिल्डरको रुपमा खेलेका थिए । यसअघि विशाल राईले खेल्दै आएको यस भूमिकामा तेज अब्बल ठहरिए । रक्षात्मक रुपमा यसैपनि निपुण उनले मिडफिल्डमा टर्न गर्दै विपक्षीबाट बल टाढा राख्न होस् या चलाखीपूर्ण पास निकाल्न होस्, आफ्नो जिम्मेवारीमा खरो उत्रिए । खेलको पूरै समय डटेर खेल्न सक्ने स्टामिनाले पनि उनलाई साथ दिएको थियो ।

विगतमा रक्षात्मक मिडफिल्डमा खेल्ने भएकाले तेजले पोस्टमा धेरै प्रहार गरेको देख्न पाइन्नथियो । नेपाल पुलिस क्लबबाट खेल्दा हेम तामाङ र निरकुमार राईसँग मिडफिल्ड साझेदारी बनाएका उनले क्लब स्तरमा भने केहि प्रयास गर्थे । तर यसपटक दुवै खेलमा तेजले पोस्टमा लामो दुरीबाट प्रहार पनि गरे । वार्मअपका क्रममा तेज र पुजनलाई प्रशिक्षक अलमुताइरीले त्यसैलाई लक्षित ड्रिल पनि गराएका थिए । भारतविरुद्ध दोस्रो खेलमा नेपालले गोल फर्काउँदा तेजले त्यसै तयारीलाई खेलमा उतारे । उनले दर्शनीय गोल गर्दै भारतलाई सहज खेल्न दिएनन् ।

नेपाल र भारतले बिहीबार भएको पहिलो खेलमा १–१ को बराबरी खेलेका थिए । आइतबारको खेल नेपालले २–१ ले गुमाएको थियो । २–० ले पछि परेको खेलको ८७ औं मिनेटमा तेजले सनसनीपूर्ण गोल गरेका थिए । झन्डै २५ यार्ड टाढा प्राप्त बललाई कडा प्रहारद्वारा गोलमा परिणत गरेका थिए । दोस्रो बार च्याप्दै उनले गरेको प्रहारमा विपक्षी गोलकिपरले प्रतिक्रियाको कुनै मौका पाएनन् । राष्ट्रिय टोलीमा उनको त्यो पहिलो गोल थियो ।

विक्रम लामा चोटका कारण बाहिर रहेपछि तेजले राष्ट्रिय टोलीमा मिडफिल्ड सम्हाल्ने अवसर पाएका थिए । सन् २०१८ को बंगबन्धु गोल्डकपमा ताजिकिस्तानविरुद्ध सुरुवाती रोजाइमा रहेर पूरा समय खेलेका तेजले त्यसपछि प्यालेस्टाइनविरुद्ध पनि मिडफिल्ड सम्हाले । रोहित चन्द डिफेन्समा खेल्दा अलमुताइरीले पुजनलाई मिडफिल्डमा प्रयोग गरेका थिए । पुजनले उक्त पोजिसनमा राम्रो प्रदर्शन गरेपछि तेजले पुनरागमनमा केहि आक्रामक जिम्मेवारी पाएका हुन् ।

तेजले यसअघि सन् २०१५ को साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध गोल गरेका थिए । उनकै गोलमा नेपालले अग्रता लिएपनि अन्त्यतिर भारतले पेनाल्टीमा गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो । टाइब्रेकरमा नेपालए ५-४ को जित दर्ता गर्दै उपाधि जितेको थियो । त्यसयता नेपाल पुलिस क्लबमा आबद्ध रहेका उनी उमेर समूहमा खेल्दै आएका थिए ।

नेपालले माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारी गर्दा तेजको तेजिलो पुनरागमन ठिक समयमा भएको छ । निरन्तर मिडफिल्डमा डट्ने तेजको जोशले नेपालको मिडफिल्डलाई थप मजबुत बनाएको छ ।

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

Success

Thank you for your time.