4 years ago
September 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी बनेका छन् ।भारतविरुद्ध आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा उत्रदै राष्ट्रिय टोलीको उनको खेल संख्या ७४ पुगेको छ । किरणले यसअघिका कप्तान तथा डिफेन्डर विराज महर्जनले राखेको ७३ क्यापको कीर्तिमानलाई तोडेका हुन् ।
भारतविरुद्ध बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्दै किरणले विराजको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए । किरणले राष्ट्रिय टोलीमा १३ वर्षको यात्रामा भारतविरुद्धको दोस्रो मैत्रीपुर्ण खेलमा पहिलो रोजाईमा खेल्दै विराजको कीर्तिमानलाई तोडेका हुन् ।
विराजले यो कीर्तिमान गत चैतमा स्वदेशमा आयोजना भएको थ्री नेसन्स कपमा बनाएका थिए । उनी बंगलादेशविरुद्धको फाइनल खेलको नियमित समयको खेल सकिन १ मिनेट बाँकी रहँदा त्रिदेव गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले थ्री नेसन्स कपपछि राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए ।
किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध पहिलो रोजाईमै डेब्यु गर्दा २४ औं मिनेटमा घाइते हुन पुगेपछि उनको स्थानमा रितेश थापाले खेलेका थिए । त्यसको ९ महिनापछि नै फुटबलमा पूनरागमन गरेपनि उनी राष्ट्रिय टोलीबाट खेल्न झन्डै तीन वर्ष कुर्नुपरेको थियो । त्यसयता उनी राष्ट्रिया टोलीको पहिलो रोजाईका गोलरक्षक हुन् ।
बुधबार प्रि म्याचमा कन्फ्रेन्समा किरणले यो उपलब्धि हासिल गर्न पाउँदा निकै खुसी रहने बताएका थिए । उनले भनेका थिए ‘डेब्यु खेलमा नै घाइते भएपछि यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन । निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु । देशको लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]