3 years ago
September 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्लबले युवा फरवार्ड सुसान श्रेष्ठसँग सम्झौता नविकरण गरेको छ। थ्री स्टारले शनिबार २२ वर्षीय युवा फरवार्डसँग दुई वर्षको लागि सम्झौता नविकरण गरेको हो ।
सुसान पहिलो संस्करणको ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिता सन् २०१६ देखि थ्री स्टारमा रहेका छन् । उनी थ्री स्टार क्लबको यु–१८ टोलीको पहिलो ब्याचका खेलाडी हुन् । उमेर समूहको प्रतियोगितामा उच्च प्रदर्शनसहित गोल पनि गरेपछि त्यतिबेलाका थ्री स्टारमा मुख्य प्रशिक्षक मेघराज केसीले उनललाई सिनियर टोलीमा बोलाएका थिए ।
थ्री स्टारले सन् २०१७ मा एएफसी कप खेल्दा उनी पनि टोलीसँगै मंगोलिया गएका थिए । थ्री स्टारले दोस्रो चरण पार गरेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोरीका कारण थ्री स्टारले दोस्रो चरण खेल्नबाट वञ्चित बनेको थियो । सोही घट्नापछि झन्डै १४ महिना फुटबलबाट टाढा रहेको थ्री स्टार पुनः फुटबलमा फर्कदा सुसानसहितका खेलाडीलाई क्लबमै राख्न सफल भएको थियो ।
सुसानले २०७६ को लिग थ्री स्टारबाटै खेलेका थिए । त्यसअघिको लिगमा पनि उनी थ्री स्टारमै रहेका थिए । उनले थ्री स्टारबाट भारतरत्न लोकप्रिय गोपीनाथ बोर्डाेलोई ट्रफीसँगै मोफसलका विभिन्न उपाधिहरु जितेका छन् ।
थ्री स्टारले यसअघि कप्तान विक्रम लामा, उपकप्तान अनन्त तामाङ, सन्जोक राई, निशान खड्का र मनग्य नकर्मीको सम्झौता नविकरण गर्दा नयाँ खेलाडीको रुपमा डोना थापा, आयुष घलान, राफयल रिमगागो र गोलरक्षक रोशन गुरुङलाई अनुबन्ध गरिसकेको छ ।
आसन्न ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट हुने तय छ । राष्ट्रिय लिगको मिति घोषणा गरिएको छैन ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]