3 years ago
September 3, 2021
एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले फिफा विश्वकप कतार २०२२ अन्तर्गत युरोपेली छनोटको बाँकी दुई खेल गुमाउने भएका छन् ।
विश्वकप छनोट अन्तरगत बोस्निया एन्ड हर्जगोभिनासँग १–१ गोलको बराबरीमा रोकिदा एमबाप्पेले दायाँ खुट्टामा चोट बोक्न पुगेका थिए । खुट्टाको पिडुलामा चोट बोकेपछि २२ वर्षीय एमबाप्पे विश्वकप छनोट खेल्ने फ्रान्सको राष्ट्रिय टिमबाट बाहिरिएका हुन् ।
फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) ले एमबाप्पेलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) फर्कने अनुमति दिएको छ । अब उनले क्लबमै आवश्यक उपचार गर्नेछन् ।
चोट बोकेसँगै एमबाप्पेले शनिबार युक्रेन र मंगलबार फिनल्याण्डजिवरुद्धको विश्वकप छनोट खेल गुमाउने छन् । एमबाप्पे बाहिरिएपछि उनको स्थानमा अन्य कुनै खेलाडीलाई टोलीमा बोलाइएको छैन । एमबाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएपनि अन्तिम समयमा सहमति जुट्न नसक्दा पीएसजीमै बस्ने पक्का भएको छ ।
सन् २०१७ देखि फ्रान्सको राष्ट्रिय टोलीमा रहेका एमबाप्पेले ४९ खेलमा १७ गोल गरेका छन् । एमबाप्पे लिग वानमा क्लेर्मोन्टविरुद्धको खेलमा फर्कने आशा गरिएको छ । उक्त खेल ११ सेप्टेम्बरमा हुनेछ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]