default_image

3 years ago

September 3, 2021

लुकाकु चम्कदा बेल्जियमको सानदार जित

64 views

0 Bookmark

एजेन्सी – फरवार्ड रोमेलु लुकाकु चम्कदा फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा बेल्जियमले इस्टोनियामाथि सानदार जित दर्ता गरेको छ ।

बेल्जियमले एक गोलले पछि परेको अवस्थामा घरेलु टोलीमाथि ५–२ को फराकिलो जित दर्ता गरेको हो । बेल्जियमको पूनरागमन जितमा रोमेलु लुकाकुले दुई तथा हान्स भानाकेन, एक्सेल विस्टेल र थोमस फोकेटले समान एक गोल गरे । घरेलु टोलीका म्याटिएस काइट र इरिक स्वोर्गाले गोल फर्काए ।

ए लि कोक एरिना ताल्लिन इस्टोनियामा बिहीबर राति भएको खेलमा घरेलु टोलीले खेलको दोस्रो मिनेटमा म्याटिएस काइटको गोलबाट अग्रता लिएको थियो । २२औं मिनेटमा हान्स भानाकेनले इडेन हाजार्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

२९औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा २–१ ले अघि बढाए । ५२औं मिनेटमा लुकाकुले हान्स भानाकेनको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बेल्जियम खेलमा ३–१ को आरामदायी स्थितिमा पुग्यो ।

६५औं मिनेटमा एक्सेल विस्टेलले लियान्द्रो ट्रोससार्डको पासमा गोल गरेपछि बेल्जियमले खेलमा ४–१ को फराकिलो अग्रता बनायो । ७६औं मिनेटमा थोमस फोकेटले यान्निक कारास्कोको पासमा गोल गरेपछि बेल्जियमले खेलमा ५–१ को अग्रता लिदै जिततर्फ अघि बढ्यो । ८३औं मिनेटमा इरिका स्वोर्गाले गोल गर्दै खेललाई ५–२ को अवस्थामा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा बेल्जियमले समूह ‘ई’ मा आफ्नो अपराजित यात्रालाई कायम राख्न सफल भयो । यो जितसँगै बेल्जियम ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित इस्टोनिया अंकविहीन हुदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा चेक रिपब्लिकले बेलारुसलाई १–० ले पराजित गरेको छ । पहिलो हाफमा एन्टोनिन बाराकले गरेको गोल नै चेकको जितमा निर्णायक बन्यो । जितपछि चेक ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । वेल्स र बेलारुसको समान ३ अंक छ ।

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

Success

Thank you for your time.