default_image

4 years ago

September 3, 2021

स्पेन स्वीडेनसँग स्तब्ध, इटाली रोकियो

139 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेन घरेलु टोली स्वीडेनसँग स्तब्ध हुदा युरोपेली च्याम्पियन इटाली बराबरीमा रोकिएको छ ।

स्पेनले एक गोलको अग्रता जोगाउन नसक्दा स्वीडेनसँग २–१ ले स्तब्ध बन्न पुगेको हो । स्पेनलाई स्तब्ध पार्न एलेक्सान्डर इसाक र भिक्टर क्लाइसनले गोल गरे । स्पेनका लागि कार्लाेस सोलेरको गोल सान्त्वना बन्यो ।

फ्रेन्ड्स एरिना सोल्नामा बिहीबार राति भएको खेलका पाँचौ मिनेटमा कार्लाेस सोलेरको गोलमा स्पेनको अग्रता लिएको थियो । उनले जोर्डी अल्वाको पासमा डेब्यु खेलमै डेब्यु गोल गर्न सफल भएका थिए ।

त्यसको एक मिनेटपछि नै एलेक्सान्डर इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । कप्तान सर्जियो बुस्क्वेट्स र सोलेरको समन्वय नमिल्दा इसाकले त्यसको फाइदा उठाउँदै एमेरिक लापोर्टा र गोलरक्षकलाई बिट गर्दै गाल गर्न सफल भए ।

५७औं मिनेटमा भिक्टर क्लाइसनले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । उनले डिजान कुलुसेभ्स्कीको पासमा गो गर्न सफल भएको थियो । खेलमा पछि परेपछि बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि स्पेनले घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा स्पेन स्तब्ध बन्न पुग्यो ।

स्पेनले विश्वकप छनोटमा सन् १९९३ पछि हार बेहोरेको हो । स्पेनमाथिको जितसँगै स्वीडेन समूह ‘बी’ मा अपराजित रहँदै शीर्षस्थानमा उक्लिएको छ । स्वीडेनको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित स्पेनको ४ खेलबाट ७ अंक छ ।

यही समूहको अर्काे खेलमा कोसोभोले विश्वकप छनोटमा पहिलो जित दर्ता गर्दा जर्जियालाई १–० ले पराजित गरेको छ । कोसोभोको जितमा भेडाट मुरिक्युको गोल निर्णायक बन्यो । यो जितसँगै कोसोभोले ३ खेलबाट ३ अंक जोडेको छ । पराजित जर्जिया १ अंकसहित पुछारमा छ । ग्रीस २ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

यस्तै युरोपेली च्याम्पियन इटालीले एक गोलको अग्रता जोगाउन नसक्दा बुल्गेरियासँग १–१ गोलको बराबरी खेलेको छ । स्टेडियो आर्टेमियो फ्रान्ची इटालीमा बिहीबार राति भएको खेलको १६औं मिनेटमा फेडरिको चिइसाको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो । ४०औं मिनेटमा इटानास लिभले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यो बराबरीपछि समूह ‘सी’ मा अपराजित नै रहेको इटाली ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा यथावत रहेको छ । बुल्गेरिया २ अंक जोडेर चौथो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा स्वीट्जरल्यान्डले ग्रीसमाथि २–१ को जित दर्ता गरेको छ । घरेलु मैदानमा स्वीट्जरल्यान्डको जितमा स्टिभन जुवेर र रुवेन धार्गसले गोल गरे । ग्रीसका इभान गेलेस पाभ्लिडिसले एक गोल फर्काए ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.