default_image

4 years ago

September 2, 2021

राष्ट्रिय टोलीमा नितिनको ‘डेब्यु’

136 views

0 Bookmark

काठमाडौं (हाम्रोे खेलकुद) – युवा मिडफिल्डर नितिन थापाले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । नितिनले तेज तामाङलाई प्रतिस्पथापन गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।

नितिन ८५औं मिनेटमा मैदान छिरेका थिए । एन्फा एकेडेमीका उत्पादन नीतिनले गत जेठमा सम्पन्न खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सबाट खेलेका थिए । ‘ए’ डिभिजन टोली च्यासल युथ क्लब, संकटा र मनाङ मस्र्याङ्दी क्लबबाट खेलिसकेका छन् ।

उमेर समूहमा नेपालको टोलीबाट नियमित खेल्दै आएका नितिन सेन्टर मिडफिल्डमा खेल्ने गर्छन् । उमेर समुहमा भने उनले आक्रामक भूमिकामा खेल्दै विंगरका रुपमा पनि खेलेका छन् । राष्ट्रिय टोलीमा परेको पहिलो पटकमा नै उनले डेब्यु गर्ने अवसर पाएका हुन् ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.