3 years ago
September 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा भारतले घरेलु टोली नेपालविरुद्ध बराबरी गोल फर्काएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको ६०औं मिनेटमा सुनिल क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाएपनि किरणसँगै रहेका सब्सिच्युट अनिरुद थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका हुन् । त्यसअघि अन्जन विष्टले ३६औं मिनेटमा गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले पछि परेको भारतले दोस्रो हाफमा नेपाललाई दवाव बढाउँदै गोल गर्न सफल भएको थियो । दोस्रो हाफको खेल जारी छ ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]